मानवअधिकारवादीसहित १२ प्रहरी नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०७५
|
|
३३ पटक हेरिएको
Shares
मानवअधिकारवादीसहित १२ प्रहरी नियन्त्रणमा

सारांश

  • काठमाडाै, २१ असार ।
  • सरकारले माइतीघरमा लगाएको निषेधाज्ञा तोड्दै बिहीबार प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • गंगामाया बचाउ, डा.

काठमाडाै, २१ असार । सरकारले माइतीघरमा लगाएको निषेधाज्ञा तोड्दै बिहीबार प्रदर्शनमा उत्रिएका मानवअधिकारवादीसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गंगामाया बचाउ, डा. गोविन्द केसीका माग पूरा गर र माइतीघरमा लगाइएको निषेधाज्ञा फिर्ता माग गर्दै प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले बिहान नियन्त्रणमा लिएको हो।

प्रदर्शनमा सहभागी डा. उद्धव प्याकुरेल, मोहन ज्ञवाली, इन्द्रप्रसाद अर्याल, चरण प्रसाईं, महामुनिश्वर आचार्य, लोकराज अवस्थी, विश्व छवाल, जयराम दाहाल, सागर अधिकारी, मनोज अधिकारी, डा. सुरेन्द्र भण्डारी र लोकेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका सबैलाई अनामनगर प्रहरी वृत्तमा राखिएको छ।

सरकारले आन्दोलनका लागि स्थान तोकिदिएपछि त्यसको तीव्र विरोध भइरहेको छ।

यसैगरी चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. गोविन्द केसी ६ दिनदेखि जुम्लामा अनशन बसेका छन् भने गंगामाया अधिकारी छोरो हत्या गर्नेलाई कारवाही माग गर्दै वीर अस्पतालमाआमरण अनसनमा छिन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?