मानिसको मासु खाने यी नरभक्षी महिला
सारांश
- एजेन्सी ।
- मेक्सिको सिटी प्रहरीले मंगलबार २० महिलाको हत्या गरेको अभियोगमा एक जोडीलाई नियन्त्रणमा लिएको छ ।
- उनीहरुबाट मानव अंगसमेत बरामद गरिएको छ ।
एजेन्सी । मेक्सिको सिटी प्रहरीले मंगलबार २० महिलाको हत्या गरेको अभियोगमा एक जोडीलाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट मानव अंगसमेत बरामद गरिएको छ । ती मानव अंग उनीहरुको घरको फ्रिज र दराजमा राखिएको थियो ।
यो घटनाले रुसकी ती भयंकर महिलाको सम्झना दिलाउँछ जो मानिसलाई हत्या गरेर उनीहरुको मासु खान्थिन् । कैयौं दिनसम्म उनी मानिसको मासु घरको फ्रिजमा समेत राख्थिन् । त्यतिमात्रै होइन उनी मानिसको मासुको अचार पनि बनाउँथिन् ।
दिमित्री बाकशाएव र उनकी पत्नी नतालिया रुसको क्रसनोदर शहरमा बस्थे । र, उनीहरु दुबै नरभक्षी थिए । शंकाको आधारमा उनीहरु दुबैलाई पक्राउ गरिएको थियो । जब उनीहरुको घरको खानतलासी गरियो तब ८ जनाको शरीरको अंग फेला पर्यो । दुबैले मानिसको मासुको अचार बनाएर राखेका थिए । जब ल्याबमा अचारको जाँच भयो तब यो खुलासा भएको थियो । नतालिया पेशाले नर्स थिइन् र उनलाई मानिसको मासु फेला पार्न समस्या थिएन ।
वर्षौं पहिला दजेरजिंस्कोगो स्ट्रीटबाट एक महिला हराएको उजुरी प्रहरीमा परेको थियो । यो बीचमा अन्य धेरै मानिस हराएको सार्वजनिक भएको थियो । धेरै दिनको जाँचपछि दिमित्री र नतालिया शंकाको घेरामा आए । प्रहरीले उनीहरुको घरमा छापा मार्यो । उनको घरको फ्रिजमा मानिसको मासु फेला पर्यो । अदालतमा आफूलाई निर्दोष देखाउन नतालियाले आफूले उनीहरुलाई नमारेको बयान दिइन् । तर उनी आफ्नो श्रीमानको सहयोगमा मृत शरीर घरमा ल्याउँथिन ताकि आफू त्यसमाथि प्राक्टिस गर्न सकौं ।
प्रहरीले उनीहरुलो कैयौं मानिसको हत्या गरेको भन्दै उनीहरुलाई नरभक्षीको संज्ञा दिँदै पक्राउ गर्यो । जब उनीहरुलाई अदालतमा पेश गरियो तब उनीहरुले आफूमाथि लगाइएको आरोपलाई अस्वीकार गरेका थिए । प्रहरीको छानविनपछि उनीहरुले आफूले ३० जनाको हत्या गरेको स्वीकार गरेका थिए । उनीहरु दुबैलाई जन्म कैदको सजाय सुनाइएको थियो ।
रुसमा २० महिलाको हत्यापछि मेक्सिको सिटी प्रहरीले एक जोडीलाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट मानव शरीरका अंग बरामद गरिएको छ । प्रहरीले सो शहरमा २० महिलाको हत्यारालाई खोजिरहेको थियो । जब हत्यारालाई पक्राउ गरियो तब उनीहरुले १० नभएर २० महिलाको हत्या गरेको स्वीकार गरे ।
प्रतिक्रिया