सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०८०
|
|
४९ पटक हेरिएको
Shares
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित

सारांश

  • काठमाडौं ।
  • क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धा आज पनि स्थगित भएको छ ।
  • नाबालिगमाथि बलात्कार गरेको अभियोगमा विचाराधीन रहेको मुद्धाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएकोमा न्यायाधीश अभावका कारण स्थगित भएको हो ।

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्धा आज पनि स्थगित भएको छ । नाबालिगमाथि बलात्कार गरेको अभियोगमा विचाराधीन रहेको मुद्धाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएकोमा न्यायाधीश अभावका कारण स्थगित भएको हो ।

गोला प्रणालीबाट पेशी व्यवस्थापन हुने गरेको र फाँट नम्बर २८ को उक्त मुद्दाको गोला कुनै पनि न्यायाधीशले नतानेको कारण लामिछानेको मुद्दा स्थगितको सूचीमा परेको जानकारी जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले दिए ।

९ जना न्यायाधीश अनुपस्थित रहेकाले ती फाँटहरूमा इजलास बस्ने छैन। ६ जना न्यायाधीश सरूवा भएर आउनै बाँकी रहेको र ३ जना न्यायाधीश बिदामा रहेको भनाइ दाहालको रहेको छ ।

सर्वोच्च अदालतले मुद्दालाई चाँडै टुंगो लगाउनु भनेपनि काठमाडौं जिल्ला अदालत यसबारे उदासिन देखिएको छ ।

बलात्कार भएको हो कि होइन भन्ने विवाद भएको यो मुद्दामा धेरैजसो न्यायाधीशले बालिकाको जन्म मितिसम्बन्धी कागज मगाउने मात्रै आदेश दिएर मुद्दा पन्छाउँदै गरे । साउन ३२ मा न्यायाधीश राजुकुमार खतिवडाले त पीडितकी आमाको जन्म मितिसमेत यकिन गर्ने आदेश दिएका थिए ।

(https://kidsrkids.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
अचानक बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले भनिन्- ‘मलाई माइती आएजस्तै लागेको छ’
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
करनले बचाए नेपाललाई संकटबाट, नेपाल द्वारा १ सय ७३ रनकाे लक्ष्य प्रस्तुत !
काभ्रे क्षेत्रनम्बर २ को मतगणना रोकियो, मुचुल्काभन्दा १०० बढी मतपत्र भेटियो
काभ्रे क्षेत्रनम्बर २ को मतगणना रोकियो, मुचुल्काभन्दा १०० बढी मतपत्र भेटियो
मेस्सीको बार्सिलोना उपाधि नजिक
मेस्सीको बार्सिलोना उपाधि नजिक
जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र
जंगी अड्डा प्लाष्टिक मुक्त क्षेत्र
विधानअनुसार पार्टी चल्न नसक्दा राम्रो नतिजा आएन : नेता सिंह
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
एसपीपी कार्यक्रम कुनै पनि हालतमा अघि बढ्दैन : परराष्ट्रमन्त्री खड्का
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
सडक खन्ने क्रममा चटा्न र ढुंगाले लागेर स्काभेटर चालकको घटनास्थल मै मृत्यु…
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
शुल्क लिने निर्णय कार्यान्वयन नगर्न आदेश
सय माथिका भारु फेरि चलाउने तयारी
सय माथिका भारु फेरि चलाउने तयारी