सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
१७ पटक हेरिएको
Shares
सर्लाही ४ मा वाम गठबन्धनको सहयोग पाएका राजपा उम्मेदवार पछि

सारांश

  • सर्लाही, मंसिर २३ – सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राकेशकुमार मिश्र पछि पर्नुभएको छ ।
  • त्यहाँ कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह ३ हजार ७९ मत ल्याएर सबैभन्दा अघि हुनुहुन्छ ।
  • छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका राजपाका उम्मेदवार मिश्रले भने २ हजार ८ सय ७१ मत ल्याउनुभएको छ ।

सर्लाही, मंसिर २३ – सर्लाही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा चुनावमा वाम गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार राकेशकुमार मिश्र पछि पर्नुभएको छ ।

त्यहाँ कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंह ३ हजार ७९ मत ल्याएर सबैभन्दा अघि हुनुहुन्छ । छाता चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका राजपाका उम्मेदवार मिश्रले भने २ हजार ८ सय ७१ मत ल्याउनुभएको छ । सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । त्यसैले वाम गठबन्धनले मिश्रलाई सहयोग गर्ने घोषणा गरेको थियो ।

शिव पुजन राय यादवमाथि रातो पासपोर्ट दुरुपयोग गरेको मुद्दा रहेकाले निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । निर्वाचन आयोगको निर्णय वदर गर्न माग गर्दै राय यादव सर्वोच्चमा गएको भए पनि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

(www.sliderrevolution.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?