काठमाडौंमै एक युवतीमाथि एसिड हानियो
सारांश
- काठमाडौं ।
- काठमाडौंमै एक युवतीमाथि एसिड प्रहार भएको छ ।
- काठमाडौं कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको हो।
काठमाडौं । काठमाडौंमै एक युवतीमाथि एसिड प्रहार भएको छ । काठमाडौं कालोपुलमा एक युवतीमाथि एसिड प्रहार भएको हो। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड हानेको प्रहरीले जनाएको छ ।
युवतीलाई एसिड हान्ने विष्णु भुजेललाई भक्तपुरस्थित काँडाघारी चोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
युवतीको दुइटै हात जलेको छ, छाती, गलामा पनि गहिरो घाउ भएको बताइएको छ। उनको अवस्था गम्भीर रहेको छ । युवतीको ओम अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा उपचार भैरहेको छ ।
के कारणले एसिड हानेको भन्ने खुलेको छैन । एसिड हान्नेमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया