निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
सारांश
- काठमाडौं, २२ मंसिर ।
- कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप स्वीकार गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ ।
- रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।
काठमाडौं, २२ मंसिर । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको आरोप स्वीकार गरेका प्रदीप रावल र विशाल चौधरीको डिएनए परीक्षण प्रक्रिया अघि बढेको छ । रिपोर्ट आएपछि मात्र उनीहरूविरुद्ध थप प्रमाण संकलन गरिने प्रहरीले जनाएको छ ।
डिएनए रिपोर्ट आउन अझै २–३ दिन लाग्ने केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले जानकारी दिएको छ । प्रहरीले उनीहरूसहित अन्य १६ जनाको समेत डिएनए परीक्षण प्रक्रिया अघि बढाएको हो । यसअघि नौ जनाको परीक्षण गरिएकोमा नेगेटिभ आएको थियो ।
१० साउनमा निर्मलाको बलात्कारपछि हत्या भएकोमा प्रहरीले सुरुवाती चरणमा अनुसन्धानमा लापरबाही गरेको र प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया