नगरपालिका परिसरमै मेयरका सुरक्षागार्डले सेवाग्राहीलाई पिटे !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २४, २०७५
|
|
१५ पटक हेरिएको
Shares
नगरपालिका परिसरमै मेयरका सुरक्षागार्डले सेवाग्राहीलाई पिटे !

सारांश

  • उर्लाबारी, २४ जेठ ।
  • गलत कार्य गर्ने जो कसैलाई नछाडिने उर्लाबारी प्रहरी प्रमुखले उद्घोष गरेकै भोलिपल्ट इप्रका उर्लाबारीकै एक जना सुरक्षाकर्मीले उदण्डता मच्चाएका छन् ।
  • सोमबार उर्लाबारीबासीसँग परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले फौजदारी कसुरमा मुछिएकाहरुप्रति शून्य सहनशीलता अपनाउने बताएका थिए ।

उर्लाबारी, २४ जेठ । गलत कार्य गर्ने जो कसैलाई नछाडिने उर्लाबारी प्रहरी प्रमुखले उद्घोष गरेकै भोलिपल्ट इप्रका उर्लाबारीकै एक जना सुरक्षाकर्मीले उदण्डता मच्चाएका छन् ।

सोमबार उर्लाबारीबासीसँग परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले फौजदारी कसुरमा मुछिएकाहरुप्रति शून्य सहनशीलता अपनाउने बताएका थिए ।

तर, उर्लाबारी नगरपालिका पुगेका एक जना सेवाग्राहीलाई इप्रका उर्लाबारीबाटै खटिएका मेयरका सुरक्षा गार्डले निर्घात कुटपिट गरेका छन् । मंगलबार आफ्नो बहिनीज्वाईको विवाद मिलाउन उर्लाबारी नगरपालिकाको न्यायिक समितिमा पुगेका सुनसरी इटहरीका मनिष भण्डारी पिटिएका हुन्।

मेयर खड्ग फागोका सुरक्षा गार्ड नेपाल प्रहरीका हबल्दार सम्पत राजबंशीले विना कारण आफूलाई कुटपिट गरेको पीडित भण्डारीले बताए । उर्लाबारी–८ घर भएकी बहिनीज्वाईको विवाद मिलाउन भण्डारी इटहरीबाट उर्लाबारी आएका हुन् ।

न्यायिक समितिको कार्यकक्षमा छलफल भइरहेको बेला बढि बोल्छस् भन्दै राजवंशीले कुटपिट गरेको उनको भनाई छ । कुटपिटका कारण २९ बर्षीय भण्डारीको अनुहार र छातीमा चोट लागेको छ । उनी रक्ताम्ये अवस्थामै इलाका प्रहरी कार्यालय उर्लाबारीमा न्यायका लागि पुगेका थिए ।

हबल्दार राजवंशीले म मेयरको सुरक्षा गार्ड भन्दै निर्घात कुटपिट गरेको पीडितको भनाई छ । यता उर्लाबारीले घटना गुपचुप राख्न खाजेको छ । घटनालाई सामान्य भन्दै प्रहरी कार्यालयले उजुरी लिन नमानेको पीडितले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?