महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २१, २०७८
|
|
१६ पटक हेरिएको
Shares
महोत्तरीको मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति

सारांश

  • महोत्तरीको मटिहानी नगरपालिका–८ मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेकाे छ ।
  • स्थानीय जगदीशप्रसाद गुप्ताको घरमा बिहान विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।
  • गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको किराना पसलमा बिहान ७ बजेतिर आगो लागेको र दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा निभाइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

महोत्तरीको मटिहानी नगरपालिका–८ मटिहानी बजारमा आगलागी हुँदा पाँच वटा पसलमा क्षति पुगेकाे छ ।

स्थानीय जगदीशप्रसाद गुप्ताको घरमा बिहान विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गुप्ताको घरमा मटिहानी नगरपालिका–७ बस्ने भोलाकुमार महतोले सञ्चालन गरेको किराना पसलमा बिहान ७ बजेतिर आगो लागेको र दुई घण्टापछि स्थानीय बासिन्दा, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा निभाइएको नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो ।

किराना पसलसँगै जोडिएका अरु चार वटा पसलमा पनि आगोले क्षति गरेको छ । मटिहानी नगरपालिकासँग वारुणयन्त्र नरहेको र छिमेकी जलेश्वर नगरपालिकाको वारुणयन्त्र पनि हेटौँडा गएका कारण आगलागी नियन्त्रणमा समस्या भएको थियो । आगलागीबाट झण्डै डेढ करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?