मिटर ब्याजी परदेशीको गरियो पोलिग्राफ टेष्ट

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ७, २०७६
|
|
१७ पटक हेरिएको
Shares
मिटर ब्याजी परदेशीको गरियो पोलिग्राफ टेष्ट

सारांश

  • ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट गराएको छ।
  • प्रहरीले रौतहटको चन्द्रनिगाहपुरमा लगेर कलवारलाई पोलिग्राफ टेष्ट गराइएको हो ।
  • अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले, सही सत्य पत्ता लगाउनका लागि पोलिग्राफ टेष्टको प्रयोग गराएको प्रहरीले जनाएको छ ।

ठगीको आरोपमा पक्राउ परेका ‘मिटर ब्याजी’ श्याम परदेशी भन्ने श्याम कृष्ण साह कलवारलाई सर्लाही प्रहरीले सोमबार पोलिग्राफ टेष्ट गराएको छ। प्रहरीले रौतहटको चन्द्रनिगाहपुरमा लगेर कलवारलाई पोलिग्राफ टेष्ट गराइएको हो । अभियुक्त कलवारले जाहेरीकर्ताले लगाएको आरोप अस्वीकार गरेकाले, सही सत्य पत्ता लगाउनका लागि पोलिग्राफ टेष्टको प्रयोग गराएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले कलवारलाई गत असोज ६ गते साँझ मलंगवाबाट पक्राउ गरेको थियो। लालबन्दी नगरपालिका–४ निवासी रुकमिणी चौधरीले दिएको जाहेरीको आधारमा कलवारलाई पक्राउ गरी ठगी मुद्धामा कारवाही प्रकृया अगाडी बढाइएको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार साढे चार लाख रुपैयाँ ऋण लिएको र ब्याजसहित पटकपटक गरेर नौलाख रुपैयाँ तिरिसक्दासमेत अझैं १५ लाखको कागज रहेको भन्दै साहले आफु र श्रीमानलाई मुद्धा हाल्ने धम्कि दिएको चौधरीको जाहेरीमा उल्लेख छ। आजको नागरिक दैनिकमा टंक क्षेत्रीले खवर छापेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?