१६ सय ८५ कर्मचारीलाई किन गरियो कार्वाहीको सिफारिस!

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
१६ सय ८५ कर्मचारीलाई किन गरियो कार्वाहीको सिफारिस!

सारांश

  • काठमाडौं, २५ जेठ- राष्ट्रिय सतर्कता केन्द्रले करिब १७ सय निजामती कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ ।
  • केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभरका ९ सय २१ सरकारी कार्यालयमा छड्के गर्दा भेटिएका नियम उलंघन गरेका कर्मचारीलाई कार्वाहीको सिफारिस गरिएको हो ।
  • सतर्कताले सरकारी कार्यालयका १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ ।

काठमाडौं, २५ जेठ- राष्ट्रिय सतर्कता केन्द्रले करिब १७ सय निजामती कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गरेको छ । केन्द्रले गत साउनदेखि जेठ २२ सम्म देशभरका ९ सय २१ सरकारी कार्यालयमा छड्के गर्दा भेटिएका नियम उलंघन गरेका कर्मचारीलाई कार्वाहीको सिफारिस गरिएको हो ।

सतर्कताले सरकारी कार्यालयका १ हजार ६ सय ८५ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ । कारबाहीको सिफारिस गरिएकामा कार्यालय समयमा नआएका, कार्यालयमा पोशाक नलगाएका लगायत परेका हुन् । सतर्कता केन्द्रले वन तथा वातावरण मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय र मुद्रण विभागलगायत र मातहतका कार्यालयमा छड्के गरेको थियो ।

छड्के गर्दा ५ सय ४२ जना कर्मचारीले सिफारिस नलगाएको भेटिएका थिए । १ हजार १ सय ५३ कर्मचारी समयमा कार्यालयमा नगएको सतर्कताले जनाएको छ । केन्द्रले सम्बन्धित कार्यालय प्रमुखलाई चिठी लेखेर सिफारिस गरिएका कर्मचारीलाई विभागीय कारबाही गर्न सिफारिस पठाएको हो।

केन्द्रबाट कारबाहीको सिफारिस गरिएकामध्ये केही कर्मचारी सिंहदरबारमै कार्यरत छन् ।
यतिका धेरै कर्मचारी कारबाहीको सिफारिसमा पर्नुलाई निजामती कर्मचारीमा अनुशासनहीनता बढ्दै गएको संकेत भएको सतर्कताले जनाएको छ । मुलुक संघीय प्रणालीमा गए पनि निजामती कर्मचारीको काम गर्ने शैलीमा कुनै परिवर्तन नआएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?