महिला संघले तीज मनाउने खर्च बाढीपीडितलाई दिने

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३२, २०७४
|
|
२५ पटक हेरिएको
Shares
महिला संघले तीज मनाउने खर्च बाढीपीडितलाई दिने

सारांश

  • काठमाडौँ, ३२ साउन ।
  • नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।
  • संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो ।

काठमाडौँ, ३२ साउन । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला संघले तीज मनाउन लाग्ने सम्पूर्ण खर्च बाढीपीडितलाई वितरण गर्ने निर्णय गरेको छ ।

संघको मंगलबार साँझ बसेको बैठकले दरखाने रकम बाढीपीडितलाई दिने निर्णय गरेको हो । महिला संघले भदौ २ गते सम्पूर्ण महिला दिदीबहिनीलाई दर खुवाउने कार्यक्रम राखेको थियो ।

संघका अध्यक्ष उमा रेग्मीले बाढीपहिरोले तराई क्षेत्र डुबानमा परेको र हजारौँ मानिस विस्थापित हुन पुगेकाले संघले तीजका सम्पूर्ण कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।

संघले आफ्ना सम्पूर्ण कार्यकर्तालाई बाढीपीडितको उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन निर्देशनसमेत दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?