मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
मिडियालाई नायिका वर्षाद्वयको मुखभरिको जवाफ

सारांश

  • काठमाडौं ।
  • नेपाली चलचित्र क्षेत्रमा नायिका वर्षा राउत र वर्षा शिवाकोटीलाई कट्टर दुस्मनको रुपमा हेर्ने गरिन्छ ।
  • वर्षाद्वय म्यूजिक भिडियो हुँदै चलचित्रमा आएका थिए ।

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नायिका वर्षा राउत र वर्षा शिवाकोटीलाई कट्टर दुस्मनको रुपमा हेर्ने गरिन्छ । वर्षाद्वय म्यूजिक भिडियो हुँदै चलचित्रमा आएका थिए ।

दुवै चलचित्र क्षेत्रमा आउँदाको समय पनि त्यती फरक थिएन । त्यसमाथि संयोगले उनीहरुको नामसमेत जुध्यो । त्यसैले पनि उनीहरुलाई केही मिडियाले एकअर्काको प्रतिस्पर्धिको रुपमा हेर्दै आएका छन् ।

शुक्रबारदेखि नेपाली सिनेमा घरहरुमा वर्षा रावत अभिनित चलचित्र ‘जात्रै जात्रा’ र वर्षा शिवाकोटी अभिनित चलचित्र ‘बीर विक्रम २’ एकैसाथ प्रदर्शनमा आए । एकसाथ चलचित्र प्रदर्शनमा आएपछि केही संचार माध्यममा उनीहरुबीच घम्साघम्सी हुने समाचारहरु आउन थाले ।

तर वर्षा शिवाकोटीले एउटा लामो स्टाटस लेख्दै आफूहरु दुस्मन नभएको जनाएकी थिइन् । आइतबार वर्षाद्वय वर्षा शिवाकोटी अभिनित चलचित्र ‘बीर विक्रम २’ हेर्न कुमारी हल पुगेका छन् । यसले उनीहरुलाई दुस्मन भन्ने मिडियाहरुलाई मुखभरीको जवाफ पुगेको छ ।

चलचित्र हेरिसकेपछि नायिका वर्षा शिवाकोटीले आफूहरु मिल्ने साथी भएको र मिडियाले दुश्मन बनाइदिएको भन्दै गुनासो गरेकी छिन् ।  त्यस्तै वर्षा रावतले पनि आफूहरुबीच कुनै पनि खालको दुस्मनी नभएको बताएकी छिन् ।

उनले यो चलचित्र पहिलेइदेखि हेर्ने सोच बनाएको भएपनि बल्ल समय मिलेर हेर्ने मौका मिलेको बताइन् । उनले चलचित्रसँगै वर्षाको कामको तारिफ गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनमै ३५ अर्ब रुपैयाँ लाग्ने
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै
पोखराकाे सेती खोचमा विमान दुर्घटना, थप विवरण आउँदै
६ वटा आयोगमा खटाइए यी सचिव
६ वटा आयोगमा खटाइए यी सचिव
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
वामपन्थीले बहुमत ल्याएर सरकार चलाउँछ, पराजित हुने भलादमी भएर बस्नुपर्छ -सुवास नेम्वाङ
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
एमाले निकट खेलकुद महासंघका सचिव र केन्द्रीय सदस्य बलात्कार अभियोगमा पक्राउ
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
नेपालमा रेलः चीन र भारतको तयारी, कसले पहिले रेल ल्याइदेला!
ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग
ब्लड क्यान्सर पीडित बालकको उपचारमा सहयोग
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव
पाकिस्तानी अभिनेताले बिमानमा बम राखेको दाबी गरेपछि सिड्नीमा तनाव
प्रधानमन्त्रीको रुपमा महन्थ ठाकुरलाई अघि सार्ने तयारी
प्रधानमन्त्रीको रुपमा महन्थ ठाकुरलाई अघि सार्ने तयारी

तपाईंले छुटाउनुभयो कि?