एक थुनुवाको जेलमा मृत्यु
सारांश
- काठमाडौं ।
- दाङको एक जेलमा थुनुवा रहेका एकजनाको मृत्यु भएको छ ।
- जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ ।
काठमाडौं । दाङको एक जेलमा थुनुवा रहेका एकजनाको मृत्यु भएको छ । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि घोराही कारागारमा राखिएका बगङ्लाचुली गाउँपालिका–६ निवासी ५५ वर्षीय तिलबहादुर महराको मृत्यु भएकोे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार बुधबार ४ बजेतिर बिरामी भएका महराको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा निधन भएको हो ।
हातखुट्टा सुन्निने र श्वास फेर्न गाह्रो हुने समस्या देखिएका महराको पौने ७ बजेतिर मृत्यु भएको प्रहरी उपरीक्षक पाण्डेले बताए । उनको शव परीक्षणका लागि सोही प्रतिष्ठानमा राखिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया