सानिमा बैंकको मूल्य समायोजन

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
३५ पटक हेरिएको
Shares
सानिमा बैंकको मूल्य समायोजन

सारांश

  • काठमाडौँ, १७ कात्तिकः सोमबार नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंक लिमिटेड (क्ब्ल्क्ष्ःब्) को मूल्य समायोजन गरेको छ।
  • साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।
  • नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजनपश्चात बैंकको शेयरमूल्य ३२० रुपैयाँ तोकेको छ।

काठमाडौँ, १७ कात्तिकः सोमबार नेपाल स्टक एक्सचेञ्जले सानिमा बैंक लिमिटेड (क्ब्ल्क्ष्ःब्) को मूल्य समायोजन गरेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो।

नेप्सेले १० प्रतिशत बोनस शेयर समायोजनपश्चात बैंकको शेयरमूल्य ३२० रुपैयाँ तोकेको छ। नेप्सेले अघिल्लो कारोबार दिन अर्थात आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न कात्तिक २८ गते, आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजे सभा डाकेको छ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशतका दरले हुन आउने ८८ करोड १ लाख ३८ हजार ९८ रुपैयाँ ४० पैसा बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सो सभाले लाभांश कर प्रयोजनका लागि सहित गरी ३.६० प्रतिशत नगद लाभांश वितरण गर्ने, मर्ज तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ रूपैयाँ रहेको छ। बोनस शेयर वितरणा पश्चात बैंकको चुक्ता पूँजी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ रूपैयाँ पुग्नेछ।(मेरोलगानीर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु
पहिलो पटक यौन सम्पर्क गर्दा ध्यान दिनुपर्ने ९ महत्वपूर्ण कुराहरु
धनीलाई धनकै लोभ ! पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले अझै छोडिनन् सरकारी सम्पत्ति
धनीलाई धनकै लोभ ! पूर्व राजा ज्ञानेन्द्रकी छोरी प्रेरणाले अझै छोडिनन् सरकारी सम्पत्ति
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
आयश्यकता हेरेर स्थानिय चुनाबमा गठबन्धन गर्ने कङ्रेसको निर्णय
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
तयार हुँदै २०१९ को सबैभन्दा ठूलो एक्शन फिल्म, यी हुन् कलाकार
आईपीएल : मुम्बई इण्डियन्सद्वारा दिल्ली क्यापिटल्स पराजित
आईपीएल : मुम्बई इण्डियन्सद्वारा दिल्ली क्यापिटल्स पराजित
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चार बुँदे सहमति
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
कृष्णप्रसाद सिटौलाले अाेली र दाहाल लार्इ बहर र साँढेगाेरू भनेपछि…
पोखरामा मतदानस्थल नजिक बम विष्फोट
पोखरामा मतदानस्थल नजिक बम विष्फोट