राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र २१, २०७४
|
|
४८ पटक हेरिएको
Shares
राजपाले सबै स्थानीय तहको उम्मेदवार टुङ्ग्यायो, उम्मेदवारहरु (सूचीसहित)

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको मंगलबार टुंगो लगाएको छ ।
  • राजपा अध्यक्ष मण्डलको बैठकले प्रदेश नं २ का आठवटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको हो ।

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) ले आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारको मंगलबार टुंगो लगाएको छ ।

राजपा अध्यक्ष मण्डलको बैठकले प्रदेश नं २ का आठवटा जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय तहका उम्मेदवार छनोट गरेको हो ।

पार्टीभित्र धेरै क्षमतावान्, सक्षम र योग्य व्यक्ति भए पनि सबैलाई स्थानीय तहको प्रमुख उपप्रमुखमा जिम्मेवारी दिन नसकिएको भन्दै राजपाले आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेता कार्यकर्तालाई जिम्मेवारी दिने अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै राजपाले निर्वाचनमा पार्टीलाई अब्बल बनाउन प्रतिबद्धताका साथ खटिन नेता कार्यकर्तालाई आग्रहसमेत गरेको छ । राजपाले छनोट गरेका महानगरपालिका, उपमहानगरपालिका र मुख्य नगरपालिकाको उम्मेदवारमा क्रमशः पर्साको वीरगञ्ज महानगरपालिकाको प्रमुखमा राजेशमान सिंहलाई उठाएको छ भने उपप्रमुखमा उम्मेदवार छैन ।

जनकपुर उपमहानगरपालिकाको प्रमुखमा लालकिशोर साह र उपप्रमुखमा रिता झा र बाराको कलैया उपमहानगरपालिकाको प्रमुखमा जयप्रकाशप्रसाद शाह र उपप्रमुखमा पिंकी यादव उम्मेद्वार हुनुहुन्छ ।

त्यसैगरी सप्तरीको राजविराज नगरपालिका प्रमुखमा शम्भु यादव र उपप्रमुखमा साधना झा, सिरहाको लाहान नगरपालिका प्रमुखमा डा महादेव साह र उपप्रमुखमा भारतीय गुप्ता रहनुभएको छ ।

महोत्तरीको जलेश्वर नगरपालिकाको प्रमुखमा रामशेखर मिश्र, उपप्रमुखमा मुन्चुनदेवी महतो, सर्लाहीको मलंगवा नगरपालिकाको प्रमुखमा नागेश्वर राय र उपप्रमुखमा शमा आरा र रौतहटको गौर नगरपालिका प्रमुखमा जयकुमार गुप्ता, उपप्रमुखमा किरण ठाकुरलाई उम्मेदवार बनाइएको राजपाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै
त्रिविका शैक्षिक प्रमाणपत्र अब अनलाइनबाटै
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
तराईका बाढीपीडितलाई राहत प्याकेज दिने मन्त्रिपरिषदको निर्णय
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
अपडेट: सल्यानमा बस खोलामा खस्यो, चारको मृत्यु, दुईको सनाखत
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
स्थानीय तहको निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि जिल्ला समन्वय समिति गठन नभएको भन्दै असन्तुष्टि : नेकपा एमाले
शनिबार पूर्वराजा ज्ञानेन्द्रलाई बिन्ध्यबासिनीमा भेट्न पाइने
ज्येष्ठ नागरिकको बीमा गरिने
ज्येष्ठ नागरिकको बीमा गरिने
५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास
५ वर्षीया बालिकामाथि सामूहिक बलात्कारको प्रयास
कोदो फलाउने किसानले पुरस्कार पाउने
कोदो फलाउने किसानले पुरस्कार पाउने
ओली र प्रचण्डको देउवालाई चेतावनी-चुनावबाट भाग्ने बहाना नखोज्नुस्,
ओली र प्रचण्डको देउवालाई चेतावनी-चुनावबाट भाग्ने बहाना नखोज्नुस्,
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित
नेकपा महासचिव विष्णु पौडेलमाथि सुनियोजित हमला भयो भन्दै रुपन्देहीका स्थानीय आक्रोशित