मिडियाले सिपाहीको भूमिका निर्वाह गर्नुपर्छ: मुख्यमन्त्री शाही
सारांश
- सुर्खेत, ५ जेठ ।
- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन ।
- वीरेन्द्रनगरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनको उद्घाटन गर्दै शाहीले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताए ।
सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मिडियाले देश बनाउने सवालमा सिपाहीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन ।
वीरेन्द्रनगरमा आयोजित सामुदायिक रेडियो प्रशारक संघ कर्णाली प्रदेशको प्रथम साधारणसभा तथा रेडियो सम्मेलनको उद्घाटन गर्दै शाहीले समाजलाई सभ्य, नैतिकवान र क्षमतावान बनाउन सञ्चारको महत्वपूर्ण भूमिका रहेको बताए ।
शाहीले कर्णालीमा केही रेडियो दोहोरी खेल्नेमा मात्रै सीमित रहेको उल्लेख गर्दै मिडियालाई अझै सशक्त बनाइ जनताका सवालमा कलम चलाउन पत्रकारलाई आग्रह गरे । ‘प्रदेशमा ४० वटा एफएम सञ्चालनमा आएका छन्,’ शाहीले भने, “ती रेडियोलाई व्यवस्थित गरौं, नयाँ खोल्नु खासै जरुरी नै छैन ।”
मुख्यमन्त्री शाहीले ‘हाम्रो गन्तव्य समृद्ध कर्णाली बनाउने हो’ भन्दै यसका लागि सञ्चार क्षेत्रको साथ, सहयोग र रचनात्मक सुझावको अपेक्षारहेकाे बताए ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले हामीले आम सञ्चार प्रतिष्ठान र विज्ञापनका लागि एकद्वार नीति अवलम्बन गर्ने योजना बनाएको उल्लेख गर्दै “मिडियालाई बलियो बनाएर लैजान प्रदेश सरकार तयार रहेकाे प्रस्ट पारे ।
प्रतिक्रिया