लोभमा धर्म परिवर्तन गराउन बन्द हुनुपर्छ : डा.कोइराला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
२० पटक हेरिएको
Shares
लोभमा धर्म परिवर्तन गराउन बन्द हुनुपर्छ : डा.कोइराला

सारांश

  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.
  • शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् ।
  • नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशन समयमै हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले कांग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने पार्टी भएको बताए ।

“नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ,” उनले भने । उनले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पारे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?