मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
मिति सकिएका औषधि पसलमा छ्यापछ्याप्ती

सारांश

  • भक्तपुर ।
  • औषधि किन्ने बेलामा उत्पादन मिति र सकिने मिति हेर्ने गर्नुभएको छ, छैन भने हेर्ने गर्नुस् ।
  • औषधि पसलेहरुले म्याद सकिएका औषधि राख्ने गरेका छन् ।

भक्तपुर । औषधि किन्ने बेलामा उत्पादन मिति र सकिने मिति हेर्ने गर्नुभएको छ, छैन भने हेर्ने गर्नुस् । औषधि पसलेहरुले म्याद सकिएका औषधि राख्ने गरेका छन् ।

भक्तपुर नगरपालिकाको बजार अनुगमन समितिले औषधि पसल अनुगमन गर्दा अधिकांश पसलमा समय सकिएका औषधि, दर्ता नगरिकन चलेका औषधि पसल भेटिएको हो । नगरपालिकाले म्याद सकिएको औषधि जफत गरेको छ ।

कमलविनायक, लान्चाफल्चा, च्याम्हासिंहमा रहेका औषधि पसल अनुगमन गर्दा कुनै पनि पसल दर्ता नभई सञ्चालन गरेको पाइएको हो । अनुगमनको क्रममा फर्मेसी पसलहरुले औषधि

बिक्रीकर्ताको अनुमति योग्यताको प्रमाणपत्र नभएको, नगरपालिकामा दर्ता नभएको, म्याद नाघेको औषधि टि–फोर ८५० एमजि र ५०० एमजिको भेटिएको, सिसि क्यामेराको अनुमतिपत्र नभएको, स्वकृति बिना क्लिनिक सञ्चालन गरेको पाइएको छ । म्याद नाघेको औषधि र सामान जफत गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?