सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २२, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सरकारी छाप र पुस्तकमै छैन कालापानी सहितको नेपालको नक्सा

सारांश

  • भारतले जारी गरेको नयाँ नक्शामा कालापानी उसको भागमा पारिएको भनी देशभर विरोध प्रदर्शन भइरहेको छ ।
  • सरकारले भारतको नयाँ नक्शालाई अमान्य भनेको छ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त्यसबारे कडा आपत्ती जनाइसकेका छन् ।

भारतले जारी गरेको नयाँ नक्शामा कालापानी उसको भागमा पारिएको भनी देशभर विरोध प्रदर्शन भइरहेको छ । सरकारले भारतको नयाँ नक्शालाई अमान्य भनेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले त्यसबारे कडा आपत्ती जनाइसकेका छन् ।

विद्यार्थीहरु सडकमा उत्रिएका छन् । तर, रोचक यो छ कि सरकारी छापहरुमा नेपाली नक्शा कालापानी समावेश नभएको भारतीय पक्षको नक्शा नै प्रयोग भइरहेको छ । सरकारी निकायको आधिकारिक वेवसाइटहरुमा पनि कालापानी समावेश नभएको नेपालको नक्शा प्रयोगमा आएको पाइएको छ । नापी विभागले जारी गरेको नक्शा कतिपय सरकारी छाप र वेवसाइटहरुमा प्रयोग गरिएको पाइएको छैन ।

नापी विभागले सबै सरकारी कार्यालयलाई विभागले जारी गरेको नक्शा प्रयोग गर्न भनेको थियो । यसबारे विगतमा पनि समाचार नआएको होइन । आधिकारिक नक्शा प्रयोगमा ल्याउन भन्दा पनि बेवास्ता भयो । तर, विदेशस्थित राजदूतावास देखि महत्वपूर्ण निकायको सरकारी छापमा समेत कालापानी नभएको नक्शा प्रयोगमा ल्याइएको छ ।

कतिपय कार्यालयको छाप हान्दा कालापानीरहितको नेपालको नक्शाको छाप परेको भेटिएको छ । शिक्षा सेवा आयोगमा त्यस्तै भेटिएको छ । अष्ट्रेलियास्थित नेपाली राजदूतावासको छापमा पनि कालापानी समावेश नगरिएको नेपाली नक्शा छ ।

यसैगरी, विद्यालयका पाठ्यक्रमहरुमा पनि कालापानी नभएको नक्शा भेटिएको छ । विद्यार्थीहरु सडकमा नारावाजी गरिरहँदा उनीहरु पढ्ने पुस्तकमै कालापानी नभएको नेपालको नक्शा पठनपाठनमा समावेश भएकोमा बेखबर जस्तै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चैत २४ गते सोमबारको राशिफल यस्तो छ
चैत २४ गते सोमबारको राशिफल यस्तो छ
छोरालाई अन्तिम श्रद्धाञ्जली दिँदा आँशु थाम्न सकेनन् प्रचण्डले
छोरालाई अन्तिम श्रद्धाञ्जली दिँदा आँशु थाम्न सकेनन् प्रचण्डले
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
कोरोना रोकथामका लागि सरकारले कडाई गरेसँगै जनजीवन प्रभावित
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
संचारकर्मी वेल्वासेको अभियान ले ब्लड क्यानसर पिडित समिरालाई सहयोग
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
दरबार हत्याकाण्ड: किन दिए  ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
दरबार हत्याकाण्ड: किन दिए ज्ञानेन्द्रले हत्याकाण्ड भएको भोलिपल्टै श्रीसदनमा ताल्चा लगाउन निर्देशन ?
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
एमाले , माओवादी ७४ सिटको भागबण्डा :(सूचीसहित)
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
देउवासहित कांग्रेसका २२ नेताको उम्मेदवारी टुंगियो, को कहाँ ? (सूचीसहित)
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
वाम र कम्युनिष्ट भन्नेहरु कांग्रेसभन्दा फरक नभएको आरोप
नेपालले दोस्रो अभ्यास खेल खेल्दै
नेपालले दोस्रो अभ्यास खेल खेल्दै