ताजा जनादेशलाई देउवा नेतृत्वको सरकारले टेरेन : महरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
ताजा जनादेशलाई देउवा नेतृत्वको सरकारले टेरेन : महरा

सारांश

  • पोखरा, माघ ३ ।
  • माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ताजा जनादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नटेरेको बताएका छन् ।
  • पत्रकारसँगको भेटमा बुधबार महराले देउवाले राजीनामा दिएर अर्को सरकार गठनकालागि बाटो दिनुपर्नेमा विभिन्न संवैधानिक अवरोध देखाएर सत्ता लम्बाउने खेल भइरहेको बताए ।

पोखरा, माघ ३ । माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ताजा जनादेशलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले नटेरेको बताएका छन् ।

पत्रकारसँगको भेटमा बुधबार महराले देउवाले राजीनामा दिएर अर्को सरकार गठनकालागि बाटो दिनुपर्नेमा विभिन्न संवैधानिक अवरोध देखाएर सत्ता लम्बाउने खेल भइरहेको बताए ।

महराले ‘प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको जनादेशले पनि पार्टी एकता हुनैपर्छ,’ उनले भने, ‘दुवै पार्टीबीच खुलेर कुराकानी भएर पार्टी एकता हुनैपर्छ ।’

नेता महराले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनेमा कुनै द्विविधा नरहेको समेत स्पष्ट पारे । छुट्टै पार्टी, बिचार, संगठनलगायत भएकाले केही समय ढिलाई भएको भन्दै उनले पार्टी एकता भएरै छाड्ने जनाएका हुन ।

यसकालागि दुवै पार्टीका अध्यक्षबीच कुराकानी भइरहेको उनको भनाई थियो । महराले राष्ट्रिय सभा निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने समेत बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?