इन्डोनेसियामा अर्काे शक्तिशाली भूकम्प, ज्यान गुमाउनेकाे संख्या ३१९
सारांश
- इन्डोनेसिया, २४ साउन ।
- इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ ।
- यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो ।
इन्डोनेसिया, २४ साउन । इन्डोनेसियामा बिहीबार पुनः शक्तिशाली भूकम्प गएको छ । यसै हप्तामा गएको यो तेस्रो शक्तिशाली भूकम्प हो । यो भूकम्प ५.९ म्याग्नीच्यूडको मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । तर सुनामीको खतरा नरहेको इन्डोनेसियाली भौगर्भिक निकायले जानकारी दिएको छ ।
यसैबीच लोम्बोक द्वीपमा गत आइतबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१९ इन्डोनेसियका सुरक्षा मन्त्री विरान्तोले जानकारी दिएका छन् । उद्धारकर्ताहरु भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगत्तै मृतकको सङ्ख्या १६४ पुगेको यसअघि जानकारी दिइएको थियो ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Kc Pradip
So sad news