साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
१८ पटक हेरिएको
Shares
साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

सारांश

  • जाजरकोट, ३ पुस , लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ ।
  • समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।
  • कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराउनुभयो ।

जाजरकोट, ३ पुस , लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ ।

समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराउनुभयो ।

“जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ”, उपरीक्षक सिंहले भन्नुभयो, “विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।”

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुव्र्यसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंंहको भनाइ छ ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुव्र्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताउनुभयो ।

उहाँले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो,“हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो ।”

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले बताउनुभयो ।

दरबन्दी अभावले समस्य उत्पन्न

जिल्ला प्रहरी कार्यालय र यसको मताहातमा रहेका चार ठाउँका प्रहरी कार्यालयमा दरबन्दी अनुसारको प्रहरी प्रमुख नहुँदा काम गर्न समस्या भएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । दल्ली, बारेकोट र गर्खाकोटमा प्रहरी निरीक्षकको दरबन्दी भए पनि लामो समयदेखि खाली रहेको छ ।

त्यस्तै सदरमुकामस्थित जिल्ला कार्यालयमा समेत एकजना प्रहरी निरीक्षकको दरबन्दी खाली रहेको उहाँले जानकारी दिनुभयो । दरबन्दी अनुसारको अधिकृत नहुँदा दैनिक काम गर्न असहज भएको छ ।

दरबन्दी अनुसारका प्रहरी नहुँदा काम कारवाही अगाडि बढाउन समस्या सिर्जना भएको उहाँले जानकारी दिनुभयो । जिल्लाका सबै ठाउँमा एकै समयमा विद्यार्थीलाई विकृति, विसङ्गतिका विरुद्धमा प्रशिक्षणमुलक कक्षा सञ्चालन गर्न खोजे पनि कर्मचारीको अभावमा ढिला भइरहेको उहाँको भनाइ छ ।

(ncal.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने
संयुक्त सैनिक अभ्यासमा सेना सहभागी नहुने
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
सिधा कुरा जनतामा किन रुँदै आए अष्ट्रेलियाका नेपाली विद्यार्थी ?
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
भैरहवामा छोरालाई सम्झिएर भावुक बने प्रचण्ड, सम्झदै के भने ?
झापामा ओलीलाई दोब्बर मतको अग्रता !
झापामा ओलीलाई दोब्बर मतको अग्रता !
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
किनिँदैछ ‘ट्री ट्रान्सप्लान्टर’- काठमाडौं मा रुख रोप्ने योजना
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही गर्नुपर्छ, केपी ओलीले विष्णु पौडेल र कुमार रेग्मीको राजीनामा गराउनसक्नुपर्छ(कृष्ण पहाडी (भिडियोसहित)
तीजको गीत ‘पाइन्ट काट्नु पर्यो’  बजारमा (भिडियोसहित)
तीजको गीत ‘पाइन्ट काट्नु पर्यो’ बजारमा (भिडियोसहित)
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण

तपाईंले छुटाउनुभयो कि?