मिस एसइई पोखराको ताज युजिनलाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १९, २०८१
|
|
३० पटक हेरिएको
Shares
मिस एसइई पोखराको ताज युजिनलाई

सारांश

  • पोखरा।
  • नवौं संस्करणको मिस एसइई पोखराको ताज युजिन घलेले चुम्नु भएको छ ।
  • सिर्जना बोडिङ स्कुलकी घलेले उपाधिसँगै वेष्ट क्याटवाक, मिस टेलेन्ट र मिस भ्युअर च्वाइस पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छन्।

पोखरा। नवौं संस्करणको मिस एसइई पोखराको ताज युजिन घलेले चुम्नु भएको छ । सिर्जना बोडिङ स्कुलकी घलेले उपाधिसँगै वेष्ट क्याटवाक, मिस टेलेन्ट र मिस भ्युअर च्वाइस पनि आफ्नो पोल्टामा पार्न सफल भएकी छन्।

प्रतियोगितामा क्रमशः फष्ट रनर्रअपमा शिशु निकेतन सेकेण्डरी इंग्लिस स्कुलकी श्रेया मल्ल र सेकेण्ड रर्नर अपमा पिस जोन एकेडमीकी रोजीना चोखाल विजयी बनिन्। श्रेयाले मिस पर्सनालिटी र वेष्ट ड्रेस अर्वाड पनि जित्न सफल भइन्।

रोजिनाले मिस फोटोजेनिक अवार्ड पनि चुमिन्। सातवटा सब टाइटल रहेको यस प्रतियोगतामा मिस वेष्ट स्माइलको उपाधि जियाना आचार्यले हात पारिन्।

पत्रकार एवं फेशन कोरियोग्राफर जयन सुब्बा मानन्धरको कोरियोग्राफी रहेको प्रतियोगिताको निर्णायक मण्डलमा स्त्रीरोग विशेषज्ञ डा.निरज दुबे, लोकगयिका सुनित दुलाल, पत्रकार दीपेन्द्र श्रेष्ठ, जेसिज पोखराका अध्यक्ष देवराज शर्मा एवं मिस एसएलसी पोखरा २०१६ प्रेरणा पराजुलीलगायतका रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?