बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०८०
|
|
४५ पटक हेरिएको
Shares
बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

सारांश

  • काठमाडौं ।
  • अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ।
  • चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ ।

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ। चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ ।

छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे। उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै ठोस कार्ययोजनासहित समय तालिका बनाएर अगाडि बढ्नसमेत सचिवहरूलाई निर्देशन दिए ।

“आगामी आर्थिक वर्षको बजेटमा समावेश भएका बजेट प्रणाली सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा दृढ भई तयारी थाल्नुस्। बजेट प्रस्तावमा जे प्रतिबद्धता भएको छ त्यो कार्यान्वयन हुन्छ”, सचिवहरूलाई निर्देशन दिदै अर्थमन्त्री महतले भने ।

मन्त्रालयमा भएको छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ र मुख्यसचिव डा वैकुण्ठ अर्यालले पनि बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्न निर्देशन दिए। बैठकमा अर्थ मन्त्रालयका तर्फबाट चालु र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका सम्बन्धमा भएको प्रस्तुतिउपर मन्त्रालयका सचिवहरूले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
एसिसी यू–१९ एसिया कप : नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य, कप्तान एेरीले बनाए ८८ रन
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
जबर्जस्ती अनसनस्थलमा प्रवेश गर्न खोजेपछि स्थीति तनावपुर्ण, प्रतिष्ठानमा उपकूलपति, रजिष्टार र निर्देशक सिडिओ कार्यालयमा
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
कामपाले संस्थागत बहाल कर उठाउन कडाइ गर्ने
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
आज शुक्रबार, यस्तो छ तपाईंको राशिफल
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्दाहेर्दैमा
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा
नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन एस जयश‌ंकर काठमाडौंमा
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००
कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब एक हजार ४००
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
मिस ग्राण्ड नेपाल २०२२ को फिनाले शनिबार हुँदै
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
सङ्क्रमणकालीन न्याय सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री
जानकी मन्दिरको भारतमा रहेको जग्गा पनि लुटियो
जानकी मन्दिरको भारतमा रहेको जग्गा पनि लुटियो