सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २९, २०७९
|
|
५४ पटक हेरिएको
Shares
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु

सारांश

  • सिन्धुली।
  • गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ।
  • सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

सिन्धुली। गए राति बिपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका-३ गढीगेट नजिक कार दुर्घटना हँुदा चार भारतीय नागरिकको मृत्यु भएको छ। सो दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुर्घटना गए राति १२ : ३० बजे भारतीय नम्बरप्लेटको बीआर०६ डिडी ०६८७ कार अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घट्नामा गम्भीर घाइते एक पुरुषलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको छ। कारमा पाँच जना सवार थिए। मृतक चारै जना पुरुष रहेका छन्। मृतकमध्ये एक पुरुषको शव सिन्धुली अस्पतालमा र अरु तीन पुरुषको शव घटनास्थलमै रहेको सिलवालले जानकारी दिए।

राजमार्गको भिर भएको स्थानमा कार सडकबाट पाँच सय मिटर तल खसेको थियो। भिरमा जान सहज नभएका कारण शव निकाल्न सकिएको छैन। “त्यहाँ पुग्नै एक घण्टाभन्दा बढी समय लाग्छ, शव कसरी निकाल्ने भन्ने समस्या छ”, उनले भने। शव निकाल्न नेपाली सेनासँग सहयोग मागिएको र सेनाको टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरी उपरीक्षक सिलवालले बताए। कारमा सवार पाँचै जनाको परिचय खुल्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ
बैंक स्थापना नहुँदा काम गर्न कठिनाइ
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मनाेरञ्जन समाचार : कोरियन युवतीहरूको गीतले ५ दिनमै बनायो इतिहास, तोडियो गंगनम स्टाइलको रेकर्ड
मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
मत अन्तर घट्दै, भरतपुर महानगरपालिकाको पछिल्लो परिणाम
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
मेलम्ची आयोजनालाई तिव्रता दिन उच्चस्तरीय बैठक
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
खेल क्षेत्रमा सानो उमेरमा ठूलो सफलता…
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
चितवन अपडेट : मतपत्र च्यातिएको बिषयमा छानविन गर्न समिति चितवन आईपुग्यो।
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
धनुषामा मदिराले मृत्यु भएकाका परिवारलाई जनही ३ लाख दिने घोषणा प्रदेश सरकारकाे घाेषणा
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
कमिशनपनि मेयरसापकैमा डाईरेक्ट जान्छ, के हो ? कसो हो ? मलाई थाहा छैन् उपमेयर खड्गी (भिडिओसहित)
शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाकाे माग
शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाकाे माग
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित
प्रधानमन्त्री कप महिला क्रिकेट : एपीएफद्वारा सुदूरपश्चिम पराजित