मुखमा बुजो लगाइदिएर बोलाए शेरबहादुर देउवाले कांग्रेसको बैठक

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ३, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मुखमा बुजो लगाइदिएर बोलाए शेरबहादुर देउवाले कांग्रेसको बैठक

सारांश

  • काठमाडौं, ३ माघ ।
  • चौतर्फी दवाव भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गते बोलाएका छन् ।
  • निर्वाचनमा पार्टीको पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले देउवालाई दबाब दिएका थिए ।

काठमाडौं, ३ माघ । चौतर्फी दवाव भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गते बोलाएका छन् । निर्वाचनमा पार्टीको पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र पार्टीभित्रकै युवा नेताहरूले देउवालाई दबाब दिएका थिए । यद्यपि, देउवाले भने चुनावको समीक्षा नहुनेगरी बैठक बोलाएका छन् ।

निर्वाचनपछि पहिलोपटक बैठक बोलाइएको हो । निर्वाचनको समीक्षाका लागि बैठक बोलाउन दबाब परे पनि सभापति देउवानिकट नेताहरूले माघ ४ को बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी एजेन्डामा मात्रै छलफल हुने बताएका छन् । समीक्षा बैठक पछि छुट्टै बस्ने र ४ गतेको बैठकमा राष्ट्रिय सभा निर्वाचनका विषयमा मात्रै छलफल हुने देउवानिकट एक नेताले बताएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले माघ ४ को बैठक लामो समय नजाने बताए । उनले
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयको समीक्षाको विषय पनि प्रवेश हुनसक्ने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?