बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
१७ पटक हेरिएको
Shares
बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ

सारांश

  • घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई आठ दिनदेखि बलात्कार गर्दे आएको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।
  • कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए।
  • बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ।

घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई आठ दिनदेखि बलात्कार गर्दे आएको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाइएको छ।

खोकनामा पुरानो तेल पेल्ने प्रविधि हराउँदै
खोकना भन्ने वित्तिकै जोकोहीले तेलको लागि सम्झने गर्छन् । खोकना वर्षौदेखि तोरीको तेलका लागि प्रशिद्ध रहदै आएको स्थान हो । ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने यो सानो गाउँ अहिले शहरमा परिणत भइसकेको छ । बढ्दो आधुनिकतासँगै तेलका लागि प्रशिद्ध रहेको यो स्थानमा रहेका परम्परागत तेल पेल्ने प्रविधि कोल हराउँदै गएको छ ।

आधुनिक मेसिन आउन थालेपछि पुरानो प्रविधिबाट तेल पेल्ने कोल लगभग हराउने अवस्थामै पुगेको छ । अहिले खोकनामा गावु ज्यास र सिकाली बहुउद्देश्यीय सहकारीले चलाएको मिल मात्रै चालु छ । सिकालीको कोल भने कहिले काँही मात्रै चल्छ ।

३५ वर्ष अघिसम्म खोकनामा चार वटा कोल चलेका थिए । २०४३ सालबाट नयाँ प्रविधिको तेल पेल्ने स्पिलर मेसिन आएपछि खोकनामा सबै मिलहरु बन्द भए । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाले अझै कोल राखेको छ । तर यो कोल बत्ती नआएको बेलामा मात्रै चल्ने मिलका विपिन डंगोलले बताए ।

गावु ज्यास तेल मिलमा भने कोल चलाइन्छ । कोलका सञ्चालक कान्छा महर्जन भन्छन् ‘कोल मात्रै चलाउने हो भने कारखाना घाटामा जान्छ ।’ उनका अनुसार श्रमशक्ति भन्दा विजुली सस्तो छ । सजिलो छ । तेल पेल्न स्पिलर मेसिन चलाउदा नै नाफा हुन्छ ।

‘खोकनाको पुरानो व्यावसाय नै तेलको व्यापार हो’ भन्छन् स्थानीय रविन महर्जन । कोलबाट तेल पेलेर शुद्ध तेल बेच्ने हो भन ेलिटरको ४ सयमा पनि बेच्न नसकिने महर्जन बताउछन् ।

स्पिलर मेसिनबाट तेल पेल्न शरिरीक श्रम पर्दैन । स्पिलर तेल मिलबाट सबै तेल निकाल्न सकिने हुँदा कोल हराउने अवस्थामा पुगेको महर्जन वताउछन् ।
कोल हराउनुको अर्को कारण काम गर्ने जनशक्तिको अभाव पनि हो ।

वर्षैअघि खोकनाका स्थानीयले एक एक मोहोर जम्मा गरेर कोल स्थापना गरेको थिए । २०४३ सालदेखि ०६९ सम्म यो कोल बन्द भएको थियो ।

६ वर्षअघिदेखि चलाइरहेका छन् । गावु ज्यासका कान्छा महर्जनले शम्सेर मगर र अनिल महर्जनलाई रोजगारी दिएका छन् । तोरी चाल्ने तेल प्याक गर्ने अरु ज्यालादारी कर्मचारी पछि छन् ।‘कोलमा पेलेको यो तेल महँगो छ । लिटर कै २५० पर्छ । कान्छा महर्जन भन्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?