मुख्यमन्त्रीकी पत्नीले घरमै बसीबसी खान्छिन् तलब

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मुख्यमन्त्रीकी पत्नीले घरमै बसीबसी खान्छिन् तलब

सारांश

  • कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी-बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।
  • पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो ।
  •  आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

कालिकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी-बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ ।

पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति लिएकी उनले ०६४ सालदेखि विद्यालयमा जान छोडे पनि तलब खाइरहेको खुलेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

मुख्यमन्त्री शाही, प्रधानाध्यापक अनिपाल शाही र जिल्ला शिक्षा अधिकारी विष्णु तिवारीसँग छलफल गरी चन्दाले चालू आर्थिक वर्षको फागुनमा निकासा भएको दोस्रो चौमासिकसम्मको तलब बुझिसकेकी छिन् ।  तत्कालीन माओवादी विद्रोही शान्ति प्रक्रियामा आएपछि श्रीमानसँगै ब्यारेकमा बसेकी चन्दाकुमारी तलब लिने समयमा हाजिर गर्न आउने गरेको स्रोतले जानकारी दिएको छ ।

महेन्द्रबहादुर शाही ०७० सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि चन्दाकुमारी काठमाडौंमा बस्दै आएकी थिइन् । प्रधानाध्यापक, जिल्ला शिक्षा अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्षको मिलेमतोमा चन्दालाई चार\चार महिनामा एकैचोटी हाजिरी गराई तलब दिने गरिएको छ ।

राजीनामा स्वीकृत भएपछि पनि उनले तलब लिएको खुलेको छ । उनले २०७४ मंसिर २१ मा राजीनामा दिएकी थिइन् । व्यवस्थापन समितिले माघ १८ गते उनको राजीनामा स्वीकृत गरिसकेको छ । जिल्ला शिक्षा कार्यालयमा पनि माघ २१ मै राजीनामा अभिलेख भएको छ ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Krishna Raj Subedi

    देश कंगाल वनाउने त यिनै नेताका आसेपासेले त हो !अख्तियार दु आ भन्ने कार्यालय के हेरी वसेको छ ?

    Comment Author

    निकेश क्षेत्री

    yesta ta udhaaran hun, nepalma yestai neta baat ta sabai bigreko xa.

    Comment Author

    Meera Heju

    बसि बसि खानेलाइ भन्दा खुवाउने धुपौरेहरुलाइ कडाइका साथ सजाय दिनुको साथै खाएको सबै असुल गर्नु पर्यो कि पर्दैन मन्त्रीज्यु ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ERP Execution Measurement
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
सर्लाहीका ४६ वटा वडाको मत परिणाम सार्वजनिक, अहिलेसम्म वडामा माओवादी बलियो
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
राष्ट्रपतिद्वारा स्वीकृत भएको विधेयकप्रति नेता नेपालको आपत्ति
प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
प्रदेस १ : नाम,राजधानी र संरचना नहुँदा संसदीय अभ्यास अपुरै
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
पोखरा प्रिमियर लिग अक्सन : कुन खेलाडी कतिमा अनुबन्ध भए ?
यस्तो बिन्ति गरिन् फुलन्देको आमाले दर्शकलाई ! (भिडियो)
यस्तो बिन्ति गरिन् फुलन्देको आमाले दर्शकलाई ! (भिडियो)
उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
उपराष्ट्रपति निर्वाचन : ‘संविधानको सर्वाेच्चता र रक्षा नै प्रमुख कार्यभार हो’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
संसदमा डा राणाको प्रश्न, ‘सामुदायिक विद्यालयको नतिजा किन निराशाजनक ?’
बलीउडकी पहिलो महिला सुपर स्टार नायिका श्रीदेबिको मृत्यु !!
बलीउडकी पहिलो महिला सुपर स्टार नायिका श्रीदेबिको मृत्यु !!

तपाईंले छुटाउनुभयो कि?