मुख्यमन्त्रीको आज टुंगो लाग्ने, बाम गठबन्धन कार्यदलको वैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मुख्यमन्त्रीको आज टुंगो लाग्ने, बाम गठबन्धन कार्यदलको वैठक बस्दै

सारांश

  • काठमाडौं, १४ माघ- राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनको लागि मुख्यमन्त्री लगायतका विषयमा टुंगो लगाउन बाम गठबन्धन कार्यदलको वैठक आज बस्दैछ ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको टुंगो लगाउन कार्यदल गठन गरिएको थियो ।
  • आज बस्ने कार्यदलको वैठकले वाम गठबन्धनले कार्यदल गठन गरेर मुख्यमन्त्री छान्ने लगायतका जिम्मा दिइएको थियो ।

काठमाडौं, १४ माघ- राष्ट्रियसभा निर्वाचन र प्रादेशिक सरकार गठनको लागि मुख्यमन्त्री लगायतका विषयमा टुंगो लगाउन बाम गठबन्धन कार्यदलको वैठक आज बस्दैछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्रीको टुंगो लगाउन कार्यदल गठन गरिएको थियो । आज बस्ने कार्यदलको वैठकले वाम गठबन्धनले कार्यदल गठन गरेर मुख्यमन्त्री छान्ने लगायतका जिम्मा दिइएको थियो ।

कार्यदलले प्रदेश सरकार निर्माण लगायतका विषयका कार्यदल तयार पारेको जनाएको छ । प्रदेशका लागि प्रदेश सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्रीको विषयमा छलफल गरी सहमति जुटाउनेछ । कार्यदलले प्रदेश सदस्य संख्याको १० प्रतिशत मन्त्रिमण्डल बनाउने यस अघि नै सहमति गरिसकेको छ ।

आज बस्ने कार्यदलले कुन प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने लगायत प्रादेशिक सरकारका विषयमा टुंगो लगाउने बुझिएको छ । प्रदेश सरकार, राष्ट्रियसभा गठनमा गृहकार्य गर्न ६ सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे र माओवादीबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?