दाजुका छोराछोरी एकसाथ हत्या गर्ने विक प्रहरी खोरमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २१, २०७४
|
|
४२ पटक हेरिएको
Shares
दाजुका छोराछोरी एकसाथ हत्या गर्ने विक प्रहरी खोरमा

सारांश

  • रोल्पा, २१ चैत ।
  • दाजुका छोराछोरीलाई बन्चरो प्रहार गरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका थिए ।

रोल्पा, २१ चैत । दाजुका छोराछोरीलाई बन्चरो प्रहार गरी एकैसाथ हत्या गर्ने त्रिवेणी गाउँपालिका–२ डाफ्लाका २१ वर्षीय खर्कबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खर्कबहादुरले आफ्नै दाजु पर्ने गणेश विकका ५ वर्षीय छोरा प्रेम विक र ३ वर्षीया छोरी वसन्ती विकको सोमबार साँझ ४ बजेतिर बन्चरो प्रहार गरी हत्या गरेका थिए । घरनजिकै खेलिरहेका बालबालिकाको हत्या गरी भागेका अभियुक्त खर्कबहादुरलाई घटनापछि नुवागाउँको भाङ्गोबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।

काखका दुबै सन्तानको एकैसाथ निधन भएपछि विक दम्पतीको काख रित्तिएको छ । यो दम्पतीसहित यतिबेला पूरै गाउँले शोकमा डुबेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । दाजुभाइका बीचमा व्यक्तिगत रिसइबी भएतापनि खर्कबहादुरको मानसिक अवस्थाका कारण घटना घटेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
चुरोट तान्दै देखा परिन् प्रियंका चोपडा, नराम्रोसँग ट्रोलको सिकार बनिन्
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त
कांग्रेसका तनहुँवासी नेताहरुद्वारा गोविन्दराजप्रति खेद व्यक्त
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प
खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्
Мостбет официальный сайт Mostbet рабочее зеркал
आयोजक उदयपुर प्रतियोगिताबाट बाहिरियो
आयोजक उदयपुर प्रतियोगिताबाट बाहिरियो
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
१८ बुंदे घोषणा पत्र जारी गर्दै बिमस्टेक शिखर सम्मेलन सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने  निर्णय, बोलायाे आकस्मिक बैठक
राष्ट्रिय स्वतन्त्र पार्टीले गर्याे सरकारबाट बाहिरिने निर्णय, बोलायाे आकस्मिक बैठक
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित
खप्तड गोल्डकपमा पुलिससँग मोरङ फुटबल क्लब ३-० ले पराजित
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?
ओलीलाई भित्रैबाट भयः एकता हुँदा किन गाह्रो ?