मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
३३ पटक हेरिएको
Shares
मुख्यमन्त्रीसँग राससको कार्ययोजनासहितको प्रस्ताव

सारांश

  • पोखरा, २७ साउन ।
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।
  • मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताउनुभयो ।

पोखरा, २७ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसमक्ष राष्ट्रिय समाचार समितिका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ ले राससको प्रादेशिक संरचना, सेवा विस्तारलगायत विषय समेटिएका भावी कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।मुख्यमन्त्रीको सरकारी निवासमा आज भएको भेटमा अध्यक्ष श्यामलले प्रदेश सरकार र राससबीच समन्वय आवश्यक भएको बताउनुभयो । उहाँले सरकारका नीति, कार्यक्रम र विकास निर्माणका गतिविधिलाई राससले सम्पे्रषण गर्दै आएको र यसलाई आगामी दिनमा अझै प्रभावकारी बनाइने छ भन्नुभयो ।

सङ्घीयतालाई बलियो बनाउन प्रदेश सरकार बलियो हुनु आवश्यक भएको बताउँदै अध्यक्ष श्यामलले त्यसका लागि राससका तर्फबाट सक्दो सहयोग पु¥याइने विश्वास व्यक्त गर्नुभयो । राससले स्थानीय भाषामा पनि समाचार सम्प्रेषण गर्ने सोच बनाएको जानकारी दिँदै उहाँले राज्यलाई बलियो बनाउन समाचार समितिको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आगामी दिनमा सञ्चारलगायत क्षेत्रमा समन्वय गर्दै स्पष्ट कार्यनीतिसाथ अघि बढ्ने बताउनुभयो । कर्मचारी व्यवस्थापनका साथै साधनस्रोतको बाँडफाँटलगायत विषय निष्कर्षमा पुगी कार्यान्वयनमा आएपछि सरकारका काम सहज हुने उहाँको भनाइ थियो । ९तस्वीर उपलब्ध छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
बजेट संशोधन नहुने हो भने संसद्मा छलफल चलाउनुको औचित्य छैन
कस्तो रहनेछ आजको मौसम ?
कस्तो रहनेछ आजको मौसम ?
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
नेपालले मलेसियालाई ५ विकेटले हरायो
नेपालले मलेसियालाई ५ विकेटले हरायो
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य, ग्यासको मूल्य बढ्यो
दाउन्ने बस दुर्घटनामा पर्ने घाइतेमध्ये तीनको मृत्यु
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
विश्वकप क्रिकेटमा भारतले जित्यो भने म नाङ्गो हुन्छु भन्ने पुनम पाण्डेले डेजाभु क्लबमा जवानीको आगो सल्काउने
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
अन्तत यस्तो बन्ने भो पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल (भिडियो)
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?
चीन-ताइवान तनाव बढ्दो, अमेरिकी सभामुख किन पुगिन् ताइवान ?

तपाईंले छुटाउनुभयो कि?