कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन १२, २०८१
|
|
५४ पटक हेरिएको
Shares
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

सारांश

  • बागमती।
  • अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ।
  • मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए।

बागमती। अविरल वर्षासँगै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् केन्द्रको जलाशय (इन्द्रसरोवर ताल) मा पानी भरिएर खतराको सङ्केत देखिएपछि आज बिहान ढोका खोलिएको छ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजरगरी आज बिहानै तालको ढोका खोलिएको जानकारी दिए।

“जलाशय भरिन अझै एक/दुई दिन लाग्छ कि भन्ने अनुमान थियो, तर गएराति नै भरियो”, प्रजिअ चिलुवालले भने। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र कुलेखानीका प्राविधिकको टोलीको सहभागितामा जलाशयको ढोका खोलिएको प्रजिअ चितुवालले बताए।

कुलेखानीको ड्याम खोलिएकाले त्यहाँबाट बग्ने पानीले मकवानपुरको भीमफेदी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, बागमती गाउँपालिकासँगै सिन्धुली, सर्लाही र रौतहटका नदी तटीय क्षेत्र प्रभावित हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन उनले आग्रह गरेका छन्। कुलेखानीको क्षमता कूल एक हजार पाँच सय ३० मिटर छ।

कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीमा एक्कासी बाढी आउनसक्ने अवस्था देखिएकाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
Mithun Chakraborty’s son Mahaakshay gets married to Madalsa Sharma, see pics
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
भोलीको चद्रग्रहण यी चार राशीको चम्किन्छ भाग्य, आठ राशीलाई संकट (पुरा हेर्नुहोस)
प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !
प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो !
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
प्रधानमन्त्रीले प्रचण्डतीर हेदै भने- मिल्ने भए दुई जनानै प्रधानमन्त्री हुने थियौं
कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?
कस्तो छ भन्सालीको हिरामण्डी सिरिज ?
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
ब्रिटेनमा राजपरिवारको जिम्मेवारी परित्याग गर्ने राजकुमार ह्यारी र मेगन मार्कलको घोषणा
७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु
७६ जिल्लामा फैलियो डेङ्गु, ४४ को मृत्यु
नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु
नारायणगढ–मुग्लिन सडकका चार पुल निर्माणको प्रक्रिया शुरु
एनसिसी बैंकमा डेढ अर्ब घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार
एनसिसी बैंकमा डेढ अर्ब घोटाला १३ पक्राउ, ४० भन्दा धेरै फरार
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?
हेल्मेट र बुट ठोकेर ऊर्जामन्त्री पुनको यात्रा कतातिर ?