भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
४० पटक हेरिएको
Shares
भारतमा कोभिड–१९ संक्रमित ८२ लाख २९ हजार नाघे, १ लाख २२ हजार भन्दाबढीको मृत

सारांश

  • १७ कात्तिकः भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ ।
  • भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ ।
  • कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् ।

१७ कात्तिकः भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ ।

गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।–एएनआई

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?