मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
२२ पटक हेरिएको
Shares
मुगुमा देउता रिसाउने डरले परिवार नियोजन गर्दैनन् पुरुष, यस्तो रहेछ भित्रि रोचक कारण

सारांश

  • मुगु, २५ मंसिर ।
  •   कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् ।
  • वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ ।

मुगु, २५ मंसिर ।  कार्मारोङ गाउँपालिकाका अधिकांश पुरुष स्थायी बन्ध्याकरण तथा अस्थायी साधन प्रयोग गर्दैनन् । वडा नम्बर ८ मा त स्थायी बन्ध्याकरण गर्ने पुरुषको संख्या शुन्य नै छ । गाँउपालिकामा रहेका ९ वटा वडामध्ये लामा समुदायको बसोबास गर्ने ८ वडाका पुरुष ‘कुल देउता रिसाउने’ भन्दै यस्तो गर्न तयार नभएका हुन् । स्थायी परिवार नियोजन गरे नियमित काम गर्न असजिलो हुने तथा धर्मले पनी स्थायी बन्ध्याकरण गरे पाप लाग्ने भन्दै उनीहरुले बन्ध्याकरण नगरेको बताउँछन् ।

 

त्यसो त गाँउपालिकाका वडा नम्बर १ देखि ८ सम्मै लगभग सबै लामा जनजाति बस्तीका गाँउमा बस्ने महिला या पुरुष कसैले स्थायी बन्ध्याकरण गरेका छैनन् । स्थानीय स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुका अनुसार स्थायी बन्ध्याकरणका लागि महिला पनि आएको तथ्यांक नै छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?