अनौठो छ नागा बाबाको परम्परा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २९, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अनौठो छ नागा बाबाको परम्परा

सारांश

  • काठमाडौँ, २९ माघ , प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ ।
  • शिवरात्रिका अवसरमा पशुपतिमा नागा बाबा आउनै पर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ रु के यसलाई निरन्तरता दिनै पर्ने हो वा हटाउन सकिन्छ भन्ने विषयमा बहस चल्ने गरेको छ ।
  • फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन् ।

काठमाडौँ, २९ माघ , प्रत्येक वर्ष शिवरात्रिमा पशुपतिमा नागा बाबा आउँछन्, यी नागा बाबालाई हेर्नेको पनि भीड लाग्छ, यी बाबाले अश्लीलता फैल्याए भन्दै सर्वोच्च अदालतमा रिट दायर पनि भएको छ ।

शिवरात्रिका अवसरमा पशुपतिमा नागा बाबा आउनै पर्ने धार्मिक एवं सांस्कृतिक मान्यता के छ रु के यसलाई निरन्तरता दिनै पर्ने हो वा हटाउन सकिन्छ भन्ने विषयमा बहस चल्ने गरेको छ ।

फागुन कृष्ण एकादशी अर्थात् विजया एकादशीका दिनदेखि नागा बाबा पशुपति मन्दिरभित्र छिर्न पाउँछन् । फागुन कृष्ण औँशीका दिनपछि मन्दिरभित्र नागा बाबा बस्न पाउँदैनन् । नागा बाबा पशुपति मन्दिर छिर्नुअघि कपडा लगाएर छिर्नुपर्ने र निस्कँदा पनि कपडा लगाएरै बाहिरिनुपर्ने नियम रहेको संस्कृतिविद् एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव डा गोविन्द टण्डन बताउनुहुन्छ ।

“नागा बाबा सनातन धर्मावलम्बीका सुरक्षा दस्ता हुन्, नागा भए पनि यिनमा कामुकता छैन, अरु छालाजस्तै हो यिनका संवेदनशील अंग पनि, नागा बाबाले कसैलाई केही बाँधा र नराम्रो गरेको सुनिएको छैन”– उहाँले भन्नुभयो ।

नागा बाबाका नाममा मोटरभित्र पहेँला कपडा लगाएरबीचमा एउटा नांगो मान्छे राखेर ठग्दै हिँड्नेदेखि बच्नुपर्ने डा टण्डनको भनाइ छ । “आइतबार हेटौँडामा एक बाबाले नागा हुँ भन्दै चिया खान रु एक हजार मागे मैले दिएँ, पछि मुक्तिनाथ जाने खर्च मागे, बाबाले यसरी माग्दै हिँड्छन् भनेपछि पशुपति जान पेट्रोल हाल्न भने यस्ता मान्छेदेखि बच्नुपर्छ”– आफैँले भोगेको अनुभव सुनाउँदै उहाँले भन्नुभयो ।

शिवरात्रिमा धर्मका नाममा नागा बाबाबाट प्रदर्शन हुने अश्लिलता रोक्न माग गर्दै अधिवक्ता यज्ञमूर्ति न्यौपानेले आइतबार रिट दायर गर्नुभएको छ । मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतलाई विपक्षी बनाएर रिट दायर गरिएको हो ।

“शिवरात्रिमा सीमापारबाट पैसा खर्च गरी नेपालमा नागा बाबा ल्याएर अश्लीलता प्रदर्शन गर्दा महिला तथा बालबालिकामा गम्भीर मानसिक असर पर्छ, यो नेपालको संविधानविपरीत कार्य भएको हुँदा रोक्नु जरुरी छ”– रिटमा उल्लेख छ ।

शिवरात्रिका अवसरमा भारतबाट नेपाल प्रवेश गर्ने नागा बाबालाई गुठी संस्थानले सीमाबाट नै सत्कारसहित पशुपति ल्याउने गरेको छ । प्राचीनकालदेखि शुरु भएको यो परम्परालाई जंगबहादुरका छोरा जगतजंगले जगनन्द प्रकाशेश्वर गुठी स्थापना गरी खर्चको व्यवस्था गरिदिएको संस्थानका उपप्रशासक दीपकबहादुर पाण्डे बताउनुहुन्छ ।

“सन्यास परम्परामा नागा दिगम्बर रुप धारण गर्नेको समूह हो, पशुपति पनि दिगम्बरस्वरुप भएको ज्योतिर्लिङ्ग हो, यसैले प्रत्येक वर्ष दिगम्बर रुप धारण गरेका नागाले दिगम्बरस्वरुप भएको पशुपति ज्योतिर्लिङ्गमा साक्षात्कार गर्ने प्राचीन एवं अर्वाचीन परम्परा हो, यो परम्परालाई संस्थानले निरन्तरता दिइरहेको छ”– उहाँले भन्नुभयो ।

राणाकालमा नागा बाबा पैदल हिँडेर आउन सहज होस् भनी हेटौँडाको कर्रा खोला, आर्यघाटको फलामे पुलसमेत निर्माण गरेको संस्थानले जनाएको छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम जटा पाल्ने, रुद्राक्ष लगाउनेजस्तै नागा बाबा पनि शिव अवतारको एकरुप भएको बताउनुहुन्छ ।

संस्थानले २०६२ सालसम्म नागा बाबालाई लगाउन बाघ, मृग आदि वन्यजन्तुको छाला बाँड्थ्यो । वन्यजन्तु ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि ९साइटिस० मा सरकारले हस्ताक्षर गरेपछि बाँड्न छोडिएको हो । त्यसअघि वन्यजन्तुका छाला बाबालाई बाँड्न दरबारले उपलब्ध गराउने गरेको संस्थानले जनाएको छ ।

विसं २०५८ देखि संस्थानले शिवरात्रिका अवसरमा गाँजा, चरेशलगायत लागू पदार्थ पनि वितरण बन्द गरेको थियो । शिवरात्रिका अवसरमा पशुपतिमा साधु सन्तका नाममा अनेकथरि बाबा आउँछन् । गाँजा, भाङ, धतुरो, चरेशजस्ता लागू पदार्थको खुलारुपमा सेवन एवं बेचबिखन हुने गरेको छ । यस वर्षदेखि कोषले पशुपति क्षेत्रमा कुनै किसिमका लागू पदार्थ सेवन एवं बेचबिखन गर्न कडाइ गरेको छ ।

दैनिक सुरक्षा गस्ती गरी लागू पदार्थ सेवन एवं बेचबिखन गर्नेलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
नेपाल–चीन सम्बन्धलाई सुदृढ तुल्याउन सौहार्दपूर्ण छलफल : उपाध्यक्ष सापकोटा
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
नेकपा उपाध्यक्ष बने बामदेव गौतम
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट
विश्वकप अगाडी विराट र धोनीको लागि उर्वशीले गरिन यस्तो ट्वीट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा संचालन गर्छु : पर्यटन मन्त्री अधिकारी
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
टानमा भावी नेतृत्वको चर्चा : अध्यक्षमा गोविन्द पन्तको दाबी
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने
बाढीबाट क्षतिको पुनःउत्थानका लागि रु ७३ अर्ब लाग्ने
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, निर्धारित सबै औपचारिक कार्यक्रम स्थगित
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?