कञ्चनपुरकि निर्मला पन्त बोकेर हिड्ने यी बाईकहरु !
सारांश
- काठमाडौ, १७ मंसिर ।
- कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् ।
- केहिदिन पहिले राजधानीका पोल तथा चोकहरुमा ‘सरकार भेटियो न्याय भेटिएन’लेखिएका निर्मला पन्तको चित्र अंकित पोष्टरहरु टासिँएका थिए ।
काठमाडौ, १७ मंसिर । कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् । केहिदिन पहिले राजधानीका पोल तथा चोकहरुमा ‘सरकार भेटियो न्याय भेटिएन’लेखिएका निर्मला पन्तको चित्र अंकित पोष्टरहरु टासिँएका थिए । ती पोष्टर प्रहरीले च्यात्न थालेपछि युवाहरुले ज्याकेट, ब्याग र मोटरसाइकलमा निर्मलाको तस्बीर भएको स्टिकर टाँस्न थालेका हुन् ।
स्टिकरमा निर्मलाको तस्बीरसँगै ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको छ । युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आ–आफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् । गत साउन ११ गते बलात्कार गरी हत्या गरिएकी बालिका पन्तका अपराधी अझै पक्राउ गर्न नसकेको र दण्डीहिनता मौलाउँदै गएको भन्दै राजधानीमा विभिन्न प्रदर्शन गरिँदै आएको छ ।
प्रतिक्रिया