मुग्लिन-नारायणगढ सडक शनिबार दिनभर बन्द हुने

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
मुग्लिन-नारायणगढ सडक शनिबार दिनभर बन्द हुने

सारांश

  • काठमाडौं २६ कार्तिक।
  •  निर्माणाधिन नारायणगढ मुग्लिन सडक शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुने भएको छ।
  • सडकमा खस्ने खतरा रहेको चट्टानको टुक्रा झार्नका लागि दिनभर सडक बन्द गर्नु परेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

काठमाडौं २६ कार्तिक।  निर्माणाधिन नारायणगढ मुग्लिन सडक शनिबार बिहान १० बजेदेखि साँझ पाँच बजेसम्म बन्द हुने भएको छ। सडकमा खस्ने खतरा रहेको चट्टानको टुक्रा झार्नका लागि दिनभर सडक बन्द गर्नु परेको नारायणगढ मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ। यो सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई पुर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो। यो मार्ग हुँदै दिनहुँ १० हजार गाडी ओहर दोहर गर्छन्।

‘सेती दोभान नजिक चट्टानको ठुलो ढिस्को सडकमा खस्ने खतरा रहेका कारण त्यसलाई झार्न आज सडक लगभग दिनभर बन्द हुने छ’ आयोजनाका इन्जिनियर तथा सुचना अधिकारी शिव खनालले भने । त्यस्तै भोलि आइतबारबाट सो सडक बिहान सात बजेदेखि दिउँसो चार बजेसम्म कम्तिमा एकदेखि डेढ घण्टासम्म पटक पटक बन्द हुने छ।

‘पहाड काट्ने काम पनि बाँकी नै छ। चुनाबका कारण मतदाता आउने जाने भएका कारण दिनभर सडक बन्द गर्न पनि सकिदैन। त्यसैले एक डेढ घण्टासम्म गाडी राक्दै काम पनि गर्ने तयारी छ’ सुचना अधिकारी खनालले भने। सो सडकलाई डेडिकेट दुई लेनको बनाउने काम भइरहेको छ । सम्झौता अनुसार गत बैशाखमै काम सकिनु पर्ने हो । तर अहिलेसम्म ६० प्रतिशतभन्दा पनि कम काम भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?