मुद्दा स्थगित गर्ने परम्परा घटाउनुपर्छ : कामु प्रधानन्यायाधीश जोशी
सारांश
- काठमाडौं, २० बैशाख ।
- सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन् ।
- कायममुकायम प्रधानन्यायाधीशको नेतृत्व सम्हालेपछि पहिलोपटक उच्च अदालत पाटनको निरीक्षणमा पुगेका सम्माननीय कामु प्रधानन्यायाधीश जोशीले मुद्दा धेरै स्थगित गराएर सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दालाई स्थगित गर्ने परम्परा घटाउन निर्देशन दिएका हुन् ।
काठमाडौं, २० बैशाख । सम्माननीय कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले सेवाग्राहीलाई सहज बनाउने गरी छिटो न्याय दिने व्यवस्था मिलाउन उच्च अदालत पाटनलाई निर्देशन दिएका छन् ।
कायममुकायम प्रधानन्यायाधीशको नेतृत्व सम्हालेपछि पहिलोपटक उच्च अदालत पाटनको निरीक्षणमा पुगेका सम्माननीय कामु प्रधानन्यायाधीश जोशीले मुद्दा धेरै स्थगित गराएर सेवाग्राहीलाई असहज हुने भएकाले मुद्दालाई स्थगित गर्ने परम्परा घटाउन निर्देशन दिएका हुन् । छिटोछरितो न्याय सम्पादनले मात्रै सेवाग्राहीमा न्यायको अनुभूति हुने भएकाले धेरै प्रतिवादी भएका मुद्दामा फरक फरक व्यक्तिले कानुन बमोजिम स्थगित गराउँदा पनि समस्या हुने भन्दै स्थगित गर्ने परम्परा घटाउदै लैजान निर्देशन दिएका हुन् । साथै कामु प्रधानन्यायाधीश जोशीले वाणिज्य इजलासलाई तोकिएका कुनै एकजना न्यायाधीशले अदालत नछाड्न पनि निर्देशन दिए ।
कामु प्रधानन्यायाधीश जोशीले फैसला लेखनशैलीलाई पनि छरितो बनाउन निर्देशन दिएका छन् । लामो फैसला लेख्नै पर्ने मानसिकताले लेखन शैली लामो हुने तर दिन खोजिएको विषय नआउने स्थिति हुन नहुने बताए ।
निरीक्षणका क्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गानाले सेवाग्राहीलाई सहज हुने गरी न्याय सम्पादनलाई र फैसला लेखनलाई जोड दिएको बताए । १२ हजार मुद्दाको लगत रहेको उच्च अदालत पाटनमा ७० प्रतिशत मुद्दा फछ्यौट गर्ने लक्ष्य रहेकोमा चालु आर्थिक बर्षको बैशाख १५ गतेसम्ममा ५८ प्रतिशत मुद्दा फछ्र्यौट भइसकेको उच्च अदालत पाटनका रजिष्ट्रार विमल पौडेलले बताए ।
Justin Biral
? ℓσνє? тнє? ℓιfє? уσυ? ℓινє,? αи∂? ℓινє? тнє? ℓιfє? уσυ? ℓσνє
? CH BOTTERZ ? SURAJ-KING,TK ?