पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ११, २०७५
|
|
४५ पटक हेरिएको
Shares
पारश-हिमानी बिच सम्बन्ध सुधार भएकै हाे त ?

सारांश

  • काठमाडाै, ११ जेठ ।
  • लामाे समय पछि पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्ध सुधारकाे फाेटाे सार्बजनिक भएकाे छ ।
  • लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका हुन।

काठमाडाै, ११ जेठ । लामाे समय पछि पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाहबीचको सम्बन्ध सुधारकाे फाेटाे सार्बजनिक भएकाे छ ।

लामो समयपछि पारश–हिमानी आफ्ना दुई सन्तानका साथ हर्षित मुद्रामा रहेको तस्वीर एकजना सञ्चारकर्मीले सार्वजनिक गरेका हुन।

मंगलबार साँझ राजधानीको कुनै रेष्टुरेन्टमा पारश र हिमानी छोरा हृदयेन्द्र र कान्छी छोरी कृतिका सहित देखिन्छन्।

‘एउटा इन्टरेष्टिङ फ्रेमः एउटा साधारण परिवारको ताजा असाधारण तस्वीर’ क्याप्सन राखेर सञ्चारकर्मी भूषण दाहालले पारश–हिमानीको ट्वीटरमार्फत् सार्वजनिक गरेका हुन्।

‘मलाई मेरो कुनै साथीले त्यो तस्वीर पठाइदियो, रेष्टुरेन्टमा सँगै गएको बेला भेटेपछि खिचेको रहेछ’ दाहालले भनेका छन, ‘तर कहाँको भन्ने कुरा मैले सोधिन।’

५ बर्षअघि ब्याङ्ककमा रहँदा थाई युवती कन्निका चाइसनसँगको सम्बन्धका कारण पारश–हिमानीबीचको सम्बन्ध दरार उत्पन्न भएको थियो।

थाइलैण्डमै रहेकी कन्निकाले भने पारशलाई बिर्सन सकेकी छैनन्, त्यसैले बेलाबेला उनीसँगका पुराना तस्वीर फेसबुकमा पोष्ट गरिरहन्छिन्।

कन्निकासँग पारश

कतिपय अवस्थामा त दुईबीचको बैवाहिक सम्बन्ध झण्डै पारपाचुकेको हदमा समेत पुगेको थियो। तर, निर्मल निवासले त्यो चाहिँ हुन दिएन।

थाइलैण्डमा पक्राउ परेपछि पारश नेपाल फर्केपनि पारश भिन्दै बस्दै आएका थिए। उनी पछिल्लो समय बहिनी शीताष्मासँग इमाडोलमा बस्दै आएका थिए।

दुई हप्ताअघि पनि राजधानीको त्रिशरा नामक रेष्टुरेन्टमा पूर्व शाही परिवार रात्रिभोजका लागि गएको थियो, जहाँ पारश र हिमानीपनि थिए।

पूर्वराजा ज्ञानेन्द्र र आमा कोमलसँगै रेष्टुरेन्टमा गएपनि पारश र हिमानी सँगै रहेको तस्वीर भने सार्वजनिक भएको थिएन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
झलनाथ खनाल भन्छन् :ओलीभन्दा म सिनियर हुँ, प्रचण्ड प्रधानमन्त्री बन्दैछन्
गोरखामा ४९ हजार घरको पुनःनिर्माण
गोरखामा ४९ हजार घरको पुनःनिर्माण
यी दुइ दलले पाउने भए राष्ट्रिय दलको सुविधा
यी दुइ दलले पाउने भए राष्ट्रिय दलको सुविधा
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
विवाहित पुरुषसँगको सम्पर्कबाट बच्चा जन्मियो भने त्यसलाई विवाह मान्ने कि नमान्ने ?
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
परीक्षा केन्द्र पायक पर्ने ठाउँमा राख्न माग
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
विश्वकै चर्चित युट्युबर मिस्टर बिस्ट थियन बुयसेनसँग वैवाहिक बन्धनमा
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
प्रहरी हिरासतमा किन डराए ‘गोरे’! मानवअधिकारवादीको निगरानीमा रहन माग
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार
‘कांग्रेससँग उपसभापति आफूले पाउने विषयमा समझदारी भएको छ’- गच्छदार