डिलरलाई मुनाफा स्किम सहित अटो फोर्स नेपालको डिलर मिट

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २५, २०७६
|
|
२५ पटक हेरिएको
Shares
डिलरलाई मुनाफा स्किम सहित अटो फोर्स नेपालको डिलर मिट

सारांश

  • छोटो समयमै आफ्नो प्रोडक्ट बजारमा स्थापित भएकोमा अटो फोर्स नेपाल प्रा.
  • लि.
  • ले आफ्ना डिलरलाई धन्यवाद तथा शुभकामना दिदै एक समारोह बीच डिलर मिट तथा प्रोडक्ट लञ्ज कार्यक्रम सम्पन्न गरेको छ ।

छोटो समयमै आफ्नो प्रोडक्ट बजारमा स्थापित भएकोमा अटो फोर्स नेपाल प्रा.लि.ले आफ्ना डिलरलाई धन्यवाद तथा शुभकामना दिदै एक समारोह बीच डिलर मिट तथा प्रोडक्ट लञ्ज कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौँमा भएको उक्त कार्यक्रममा विभिन्न जिल्लाबाट उपस्थित डिलर प्रतिनिधि र शुभेक्षुक सहभागि भएका थिए । उक्त कार्यक्रममा प्रा.लि.का अध्यक्ष खिल बहादुर थापा तथा डकाई ग्रुपका सञ्चालक इन्दर पल स्वोईले संयुक्त रुपमा प्रोडक्ट लञ्च गरेका थिए ।

दुई पांग्रे सवारी साधनको इञ्जिल वाइल प्रोगल्स लुब्रिकेन्ट्स र डकाई ग्रुपको ब्रेक सु तथा अन्य पार्ट्सहरु विक्रि वितरण गर्दै आएको यस प्रा.लि.ले छिट्टै दुई पांग्रे सवारीका अन्य पार्ट्स र चार पांग्रे सवारीका मोबिल, ब्रेक वाइल, डिक्स वाइल, हाइड्रोलिक वाइल तथा थुप्रै पार्ट्सहरु बजारमा ल्याउन लागिएको कम्पनीका तर्फबाट सञ्चालक बद्रि भट्टराईले जानकारी दिए ।

 

कार्यक्रममा दुबईमा उत्पादन भई नेपालमा विक्रि वितरण भइरहेको प्रोगल्स लुब्रिकेन्ट्स दुई पांग्रे सवारीका लागि नेपालमा अति उपयुक्त रहेको र सवारी साधन धनीको मन जित्दै अगाडि बढिरहेको कुरा उपस्थित डिलर प्रतिनिधिहरुले बताए ।

विगतका मार्केटिङ व्यवस्थापनलाई सुधार्दै आगामी दिनमा गुणस्तरलाई वृद्धि गर्दै प्रयोगकर्तालाई अझ धेरै विश्वसनीयता दिदै डिलरहरुलाई सुविधा बढाउँदै लैजाने लगायतका विषयमा प्रालि प्रतिबद्ध रहेको जानकारी कार्यक्रममा गराइयो ।

प्रा.लि.ले आफ्ना डिलरहरुलाई उनीहरुले गरेको विक्रीको आधारमा मुनाफा दिने योजना पनि सार्वजनिक गरेको छ । उक्त योजना अनुसार वार्षिकरुपमा २५ लाख रुपैयाँको व्यापार गर्ने डिलरले १ प्रतिशत, ५० लाख रुपैयाँ व्यापार गर्ने डिलरलाई २ प्रतिशत, ७५ लाख रुपैयाँ व्यापार गर्ने डिलरलाई ३ प्रतिशत र १ करोड रुपैयाँको व्यापार गर्ने डिलरलाई ५ प्रतिशत मुनाफा दिने घोषणा गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?