मुम्बईलाई आईपीएल उपाधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३०, २०७६
|
|
२६ पटक हेरिएको
Shares
मुम्बईलाई आईपीएल उपाधि

सारांश

  • काठमाडौं ३० बैशाख ।
  • १२ अौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ ।
  • आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो ।

काठमाडौं ३० बैशाख । १२ अौँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । आइतबार राति हैदराबादमा भएको फाइनलमा चेन्नई सुपर किङ्सलाई एक रनले पराजित गर्दै मुम्बईले चौथो पटक उपाधि जितेको हो । २०औं ओभरको अन्तिम बलमा लासिथ मालिंगाले चेन्नईका शार्दुल ठाकुरलाई एलबीडब्लुको धरापमा पार्दै मुम्बईलाई रोमाञ्चक जित दिलाए ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४९ रन बनायो । मुम्बईका काइरन पोलार्डले अविजित ४१ रन बनाए । क्विन्टन डी ककले २९, इसन किसनले २३, हार्दिक पान्ड्याले १६, कप्तान रोहित शर्मा र सूर्यकुमार यादवले समान १५/१५ रन जोडे । चेन्नईका दीपक चाहरले तीन तथा शार्दुल ठाकुर र इमरान ताहिरले दुई/दुई विकेट लिए ।

एक सय ५० रनको लक्ष्य पछ्याएको चेन्नईका सेन वाटसनले ८० रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । फाप डु प्लेसिसले २६ र ड्वेन ब्राभोले १५ रन बनाए । मुम्बईका जसप्रित बुमराहले दुई तथा कुणाल पाड्या, लासिथ मालिंगा र राहुल चाहरले एक÷एक विकेट लिए ।

आईपीएलको फाइनलमा मुम्बई र चेन्नईबीच भिडन्त भएको यो चौथो पटक हो । सन् २०१० मा भएको फाइनलमा चेन्नईले मुम्बईलाई हराएको थियो । त्यसपछि सन् २०१३ र सन् २०१५ मा भएको फाइनलमा मुम्बईले चेन्नईलाई हराउँदै उपाधि हात पारेको थियो ।

प्रतियोगिताको १२औं संस्करणको फाइनल सकिनुअघि साविक विजेता चेन्नई र मुम्बई दुवैले तीन÷तीन पटक उपाधि जितेका थिए । यसैगरी सन् २००८ देखि सुरु भएको आईपीएलमा कोलकाता नाइट राइडर्सले दुई तथा राजस्थान रोयल्स, डेक्कन चार्जर्स र सनराइजस् हैदराबादले एक÷एक पटक उपाधि चुमेका छन् ।

यसपटक प्रतियोगिताको पहिलो क्वालिफायरमा चेन्नईलाई नै हराउँदै मुम्बई फाइनलमा पुगेको थियो । चेन्नईले भने दोस्रो क्वालिफायर खेलमा दिल्ली क्यापिटल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो । यसपटक प्रतियोगिताको पहिलो हुने टोलीले २५ करोड भारतीय रुपैयाँ (४० करोड नेपाली रुपैयाँ) पुरस्कार हात पा¥यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
टेलिकमका २० हजार रिचार्ज कार्ड हरायाे
छ महिनाको बच्चालाई मुसाले जिउँदै खायाे
छ महिनाको बच्चालाई मुसाले जिउँदै खायाे
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
सुडानमा इन्धनको मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन, १९ को मृत्यु
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
एसइईको रिजल्ट निकाल्दा गल्ती गर्ने परीक्षा नियन्त्रक तानिए कार्वाहीमा
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्यायाधीश मिश्रकाे अाग्रह !
दार्चुलामा एमाले उमेदवार गणेश ठगुन्ना विजयी
दार्चुलामा एमाले उमेदवार गणेश ठगुन्ना विजयी
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
पोखराको लेकसाइडमा किंग्स लाउञ्जको सेवा सुरु
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
जेनजी सहिद परिवारले मागे तीनवटा मन्त्रालय, मन्त्रीमा तीन जनाको नाम प्रस्ताव
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
लगातार  वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !
लगातार वर्षाका कारण कालीगण्डकीमा पानीको बहाव बढ्यो !

तपाईंले छुटाउनुभयो कि?