प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २१, २०७६
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री बन्न ‘अफर’ आएको माधव नेपालको खुलासा

सारांश

  • गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए ।
  • प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो ।
  • उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो ।

गत बुधबार साँझ सचिवालय बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकको निर्णयबारे जानकारी दिएलगत्तै अध्यक्षबाट फरक धारणा आयो । उता, कोटेश्वर नपुग्दै माधव नेपालको फोन बज्यो । ‘एकदमै जरुरी छ, तपाईं फर्कनुपर्ने भयो कमरेड,’ भनेपछि उनी फेरि बालुवाटार पुगे ।

प्रधानमन्त्री केपी ओलीले आग्रह गर्दै भने, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो¥याउने भनेर वचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुप¥यो ।’

तर, माधवले मानेनन् । उनले भने, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीन जना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त । प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ भन्ने कुरा त हिजो हामीले फेस गरेरै आएको हो नि । त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’

प्रमले भने, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ ।’ माधवले आश्चर्य मान्दै भने, ‘निर्णय भइसकेपछि मान्दिनँ भन्न पाइँदैन । तपाईं विश्वस्त हुनुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’

‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए, कता–कताबाट, कस्ता कस्ता चलखेल भए । मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिनँ । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?,’ माधवले थपे ।

यतिभन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोरो¥याए । ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ । यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नुभएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ,’ त्यसपछि माधवले ओलीलाई चेतावनी दिएको आजको जनआस्था साप्ताहिकबाट खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
इटहरीको मेयरमा कांग्रेसका पाैडेल र उपमेयरमा एमालेकी चाैधरी निर्वाचित
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको १०८ कार्टुन मदिरा बरामद
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
धार्चेको पर्यटकीय पदमार्गमा सूचना बोर्ड
धनुषाकोविद्यालय जाँदै गरेका  प्रधानाध्यापकमाथि गोली प्रहार.
धनुषाकोविद्यालय जाँदै गरेका प्रधानाध्यापकमाथि गोली प्रहार.
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
सुर्खेतका नौ पालिकाले ल्याए आठ अर्बभन्दा धेरैको बजेट
सुर्खेतका नौ पालिकाले ल्याए आठ अर्बभन्दा धेरैको बजेट
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
ज्येष्ठ नागरिकको भत्ता बढाउने प्रचण्डको घोषणा, मन्त्रीमण्डलकाे बारे भने यस्ताे
मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
मंसिर १७ गते बुधवारको राशिफल यस्तो छ
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
मुकेश अम्बानीले प्रयोग गर्ने महङगा १० चीज
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा
चलचित्रको सङ्ख्यामा भन्दा गुणस्तरीयतामा ध्यान दिनुपर्ने बेला आएको छ : मन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?