तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
५२ पटक हेरिएको
Shares
तराई –मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता: प्रचण्ड

सारांश

  • काठमाडौं ।
  •  पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् ।
  • असोज २ गते तेस्रो चरणमा हुन लागेको दुई नं.

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई मधेसलाई राष्ट्रिय दलसँग जोड्नु आजको आवश्यकता भएको बताएका छन् । असोज २ गते तेस्रो चरणमा हुन लागेको दुई नं. प्रदेशको निर्वाचनबाट यस प्रदेशका जनतालाई केन्द्रिय राजनीतिसँग जोड्न सके नेपालको राष्ट्रियता दह्रो हुने दाबी गरे । साेमबार प्रेस सेन्टर सिन्धुलीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले दुई नम्वर प्रदेशमा हुन लागेको निर्वाचनको सम्पन्नतासँगै संघ र प्रदेशको निर्वाचनको पनि बाटो खुल्ने उनले बताए । तराई मधेसमा परम्परादेखि देखिँदै आएको बुथ कब्जाको समस्या र पैसाको चलखेलका कारण कसैले पनि सोचेको र दाबी गरे अनुसारको नतिजा ल्याउन सक्ने अवस्था नरहेकाे बताए ।

तराईका पुराना दलका उम्मेदवारले स्थानीय महिलाहरुलाई प्रभावित पार्नको लागी एक महिला एक साडी, साडी भित्र हजारको नोट जस्ता अभियान चलाएको आफुहरुले पाएको समेत उनले खुलासा गरे । कसले यसरी बाँड्यो भन्ने पत्रकारहरुको प्रश्नमा उनले प्राय :पुराना पार्टीका उम्मेदवारहरु बढी रहेको तर, आफ्ना पार्टीका उम्मेदवारले पनि सक्ने जतिले नछोडेको उनको भनाई छ । तराईका कतिपय स्थानमा बहुदल आएदेखि अहिलेसम्म जसले बुथ कब्जा गर्न सक्यो उसैले मात्र चुनाव जित्ने गरेको स्थान पनि धेरै रहेकाले त्यस तर्फ गृहमन्त्री र स्थानीय प्रशासकहरुको ध्यानाकर्षण गराएको दाहालले बताए । भारतसँग सिमा जोडिएका जिल्लाका कतिपय बुथहरु वर्षौँदेखि कब्जा गर्ने र निर्वाचन जित्ने परिपाटी रहेको तथ्य समेत आफुहरुको सामु रहेको उनले बताए ।

दुई नम्वर प्रदेशमा माओवादी ठुलो पार्टी बन्छ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले नै यसै भन्न गर्न नसक्ने बताए । मधेसमा अहिले देखिएको निर्वाचनको माहोल,पहाडी र हिमाली जिल्लामा भन्दा पनि बढी रहेको उनले बताए । सरकारले तेस्रो चरणमा निर्वाचन गर्न लाग्यो भनेर विरोध गर्नेहरुको अहिले मुखमा बुझो लागेको उनले बताए । ‘ तराईका ८ जिल्लामा निर्वाचनमा जुन प्रकारको हुलदंगाको आशंका गरिएको थियो,त्यो सवै गलत सावित भए, तराईमा अहिले त निर्वाचनको विरोध गर्ने केही पनि जीव छैन’, पहाडमा भन्दा तराईमा निर्वाचनको सरगर्मी बढी छ, प्रचण्डले भने ।
अहिले दुई नम्वर प्रदेशमा हुन लागेको निर्वाचन माओवादीको लागी सवै भन्दा खुसीको कुरा भएको उनको भनाई छ । पछिल्लो समय १० महिना नेपाल र नेपालीको प्रधानमन्त्री हुँदा जुन रुपमा तराई र पहाडका विचमा एक अर्काप्रति आशंका देखिएको थियो त्यो चिर्न आफु सफल भएको उनले बताए ।

त्यसबेला तराई र पहाडमा जुन विखण्डनकारी तत्व देखिएको थियो, त्यसलाई निस्तेज पार्दै निर्वाचन हुने सम्मको वातावरण बन्यो त्यो नै आफ्नो सरकारको सवैभन्दा बढी सफलताको दिन हो, उनले भने । ‘अहिले तराईमा नसोचेको सफलता माओवादीले पाइरहेको छ, जुन आफ्नो पार्टीको सोचेको थिएन’ प्रचण्डले भने ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Basant Roka

    Na vuka

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
निर्मला पन्त हत्या प्रकरण: एसपी डिल्लीराज विष्टका छोराकाे राज खुल्याे
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
भरतपुर मतगणना प्रकरणका विषयमा प्रमुख निर्वाचन आयुक्तले मुख खोले !
ओरालो लाग्न थाल्यो सुनको मूल्य
ओरालो लाग्न थाल्यो सुनको मूल्य
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
कर्मचारी सरुवा रोक्न आयोगको निर्देशन
भारतकालागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त
भारतकालागि नेपाली राजदूतमा निलाम्बर आचार्य नियुक्त
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
देउवासँग नमिलेको स्पष्टीकरण दिँदै पौडेल समूहले बोलायो भेला
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
एक वर्षे कार्यकालको विवरण सार्वजनिक गर्दै मन्त्री पुनले भने–मन्त्रिमण्डल हेरफेर हुन सक्छ
किन लगाए राजपा नेताले यस्तो  आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
किन लगाए राजपा नेताले यस्तो आरोपः उपेन्द्र सरकारसँग पैसा लिएर चुनावमा गएका हुन्…
शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान
शोकमा बलिउड, रहेनन् कलाकार इरफान खान
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद
ओलीलाई प्रधानमन्त्री बनाउन माओवादीले माग्यो यी तीन पद