मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
४९ पटक हेरिएको
Shares
मुस्ताङमा भारी हिमपात,माेदीलाई माैसमकाे चुनाैती

सारांश

  • काठमाडाै, २७ वैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणको पूर्वसन्ध्यामा बुधबार रातिदेखि बेमौसमी हिमपात भइरहेको छ।
  • साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो।

काठमाडाै, २७ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुस्ताङ भ्रमणको पूर्वसन्ध्यामा बुधबार रातिदेखि बेमौसमी हिमपात भइरहेको छ।

साँझदेखि परेको भारी वर्षात्सँगै बाह्रगाउँ, मुक्तिक्षेत्र, दालोमे र लोमान्थाङ गाउँपालिकामा हिमपात भएको हो। वैशाख महिनाको अन्तिममा हिमपात भएको पहिलो अनुभव भएको स्थानीय बूढापाकाले बताएका छन्।

करिब आधा फिट हिउँ जमेको र बिहानसम्म पनि हिउँ पर्ने क्रम जारी रहेको छुसाङबाट अमित तुलाचनले बताए। हिमपात र वर्षासँगै बढेको चिसोका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकलगायतका विकास आयोजनाको काममा समस्या भएको छ। जोमसोमदेखि उपल्लो मुस्ताङ जोड्ने सडकमा यातायात सेवा प्रभावित भएको छ।

स्याउलगायत खेतीबालीमा बेमौसमी हिमपातले असर गर्ने भएकाले कृषक चिन्तित भएका छन्। हिन्दू तथा बौद्ध धर्मावम्बीको साझा तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा पनि आधा फिटसम्म हिउँ जमेको छ। बिहानदेखि हिउँ पर्न रोकिएको र मौसममा सुधार आएकाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न मुक्तिनाथ भ्रमणको तयारीलाई भने असर नगर्ने मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले बताए।

हिमपात, वर्षा र चिसोका बाबजुद पनि मोदीको भ्रमण तथा स्वागतको तयारीमा प्रशासनिक र सुरक्षा निकायले तयारीलाई अन्तिम चरणमा पुर्याएका छन्। वर्षात्का कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी—जोमसोम सडक विभिन्न ठाउँमा अवरुद्ध बनेको छ। अवरुद्ध सडक खुलाउन बिहानैदेखि मजदूर तथा उपकरण परिचालन गरिएको बेनी—जोमसोम—कोरला सडक आयोजनाले जनाएको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ganesh Shakya

    मुस्तङमा भारी हिम्पात, जनकपुरमा भारी हुरी बतास । किन प्रकृतिले समेत बिरोध गर्दैछ कसैको भ्रमन । बुझ्न गाह्राे छैन ।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
पोखराको प्याराग्लाइडिङ : पुन : तोरीपानी क्षेत्रबाट सञ्चालनको तयारी
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने कांग्रेसको तयारी, कुन-कुन पार्टीसँग ?
थारु बस्तीमा माघीको रौनक
थारु बस्तीमा माघीको रौनक
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
यस्तो निर्णय गर्दैछ भारतीय दूतावासमा कांग्रेस, माओवादी र राजपा नेताहरुले ?
किशोरी बलात्कृत
किशोरी बलात्कृत
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
डिजिटल साक्षरता विद्यालयको पाठ्यक्रममा समावेश गर्न आवश्यक : प्रधानमन्त्री
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
लामो समय सुत्दाको बेफाइदा: सुगरदेखि मुटुरोगसम्म
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
सुन्दरी प्रतियोगिता गर्ने कन्सल्टेन्सी संचालक मनोज पाण्डे पक्राउ
सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…
सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…
प्रतिपक्षलाई प्रधानमन्त्री ओलीको जवाफ ‘‘गर्छु भन्नेले किन गरेन भन्ने विश्वास त रैछ नि “