जीवन नै मुलुकको समृद्धि र विकासमा लगाउछु: महेश बस्नेत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ७, २०७५
|
|
४३ पटक हेरिएको
Shares
जीवन नै मुलुकको समृद्धि र विकासमा लगाउछु: महेश बस्नेत

सारांश

  • काठमाडौं, ७ भदाै।
  • भक्तपुर क्षेत्रनं २का प्रतिनिधिसभा सदस्य तथा  नेकपाका केन्द्रिय सदस्य प्रतिनिधिसभा महेश बस्नेतले राजनीतिज्ञहरुले आलोचनालाई नै प्रेरणाको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् ।
  •  आफ्नो क्षेत्र र जिल्लाको विकासमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाएको प्रसंग कोट्याउँदै उनले भने–‘उहाँहरुले विकासलाई नै राजनीतिसँग जोड्दा हामीले चुनौतिहरुको सामना गर्नु परिरहेको छ ।

काठमाडौं, ७ भदाै। भक्तपुर क्षेत्रनं २का प्रतिनिधिसभा सदस्य तथा  नेकपाका केन्द्रिय सदस्य प्रतिनिधिसभा महेश बस्नेतले राजनीतिज्ञहरुले आलोचनालाई नै प्रेरणाको रुपमा ग्रहण गर्नुपर्ने बताएका छन् । आफ्नो क्षेत्र र जिल्लाको विकासमा नेपाल मजदुर किसान पार्टीले विरोध जनाएको प्रसंग कोट्याउँदै उनले भने–‘उहाँहरुले विकासलाई नै राजनीतिसँग जोड्दा हामीले चुनौतिहरुको सामना गर्नु परिरहेको छ । तर, हामी विकासमा कसैसँग सम्झौता गर्दैनौं ।’

विकासको काम गर्दा आलोचना गर्नु हुन्छ भने त्यो उहाँहरुको राजनीतिक दरिद्रता भएको पनि उनले प्रष्ट पारे । पार्टीको राजनीतिक अस्तित्व समाप्त हुने भय (डर)का कारण नेमकिपाका साथिहरुले भक्तपुरमा विकास नचाहेको दावी  गरे । उनले  भने सोहि कारण उनीहरुले विकासले विनास निम्त्याउँदैछ भनेर भक्तपुरबासीमा गलत प्रचार गरिरहनु भएको छ ।’ पूर्व उद्योगमन्त्री समेत रहेका बस्नेतले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने मुल आधार भनेको आर्थिक क्षेत्रको समृद्धि नै भएको बताए ।

आर्थिक क्षेत्रभित्र रहेका विकृति, विसंगति, अराजकता, भ्रष्टाचार र कुशासनको अन्त्य गर्ने र मुलुकको राजश्वलाई सुदृढ गर्न सकेको खण्डमा ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने नारा साकार हुने भन्दै उनले भने–‘जबसम्म कर नतिर्ने, विल मिलाएर भन्सारको रेटमा ठगी गर्ने, जग्गाको सरकारी मूल्यांकन गरेर कम राजश्व तिरेर दलालहरु पोस्ने जस्ता विकृतिहरुलाई नियन्त्रण गरेर राजश्वलाई सुदृढ गर्न सकिदैन तबसम्म अर्थतन्त्रलाई बलियो बनाउन पनि सकिंदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?