सिंगापुरे अर्बपतिकी छोरी भन्दै भारतीय ठग्ने नेपाली युवती ‘डायना सेकेण्ड’
सारांश
- ‘उच्च खानदानको हुँ’ भन्दै भारतीय व्यापारी ३८ वर्षीय श्रीपाल जैनलाई ठगी गर्ने महोत्तरी औरी–३ का २१ वर्षीय डायना सेकेण्डलाई प्रहरीले पक्राउ गरेको छ ।
- भारत महाराष्ट्र फलबरका जैनसँग उनले २३ लाख रुपैयाँ ठगी गरेकी थिइन् ।
- उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले नरेफाँटबाट पक्राउ गरेको हो ।
‘उच्च खानदानको हुँ’ भन्दै भारतीय व्यापारी ३८ वर्षीय श्रीपाल जैनलाई ठगी गर्ने महोत्तरी औरी–३ का २१ वर्षीय डायना सेकेण्डलाई प्रहरीले पक्राउ गरेको छ । भारत महाराष्ट्र फलबरका जैनसँग उनले २३ लाख रुपैयाँ ठगी गरेकी थिइन् । उनलाई महानगरीय अपराध महाशाखाबाट खटिएका प्रहरी टोलीले नरेफाँटबाट पक्राउ गरेको हो ।
डायनाको कोठा खनतलासी गर्ने क्रममा उनको साथबाट ठगी गरिएको मध्ये २० लाख ८० हजार रुपैयाँ, डायना सेकेण्ड लेखिएको राहदानीलगायतका सामाग्री बरामद भएको थियो । प्रहरीका अनुसार उनले जैनलाई नेपाल बोलाएकी थिइन् । यही क्रममा उनले २३ लाख रुपैयाँ लिएर फरार भएकी थिइन् ।
महाशाखा प्रमुख एसएसपी शहकुल थापाले भने, ‘खानदानी परिवारको भन्दै जैनलाई भ्रममा पारेछ । जैन नेपाल आए छ । यही क्रममा २३ लाख रुपैयाँ लिएर फरार भएछ । खोज तलासपछि उनलाई हामीले पक्राउ गरेका छौँ ।’
प्रहरीका अनुसार डायनाले फेसबुकमार्फत जैनसँग सम्बन्ध बढाएका थिए । खानदानी रहेको र सम्पतीको वारेसनामा आफू मात्रै रहेको भन्दै जैनसँग नजिकिएकी थिइन् । यही क्रममा उनले जैनलाई नेपाल बोलाइन् । केही दिनसँगै बसे । मुम्बई फर्कने क्रममा दुवै जना त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगे । विमान स्थलमा डायनाले बहुमूल्य वस्तु भन्सारमा अड्किएकाले भन्सार क्लियर गर्न जैनसँग २३ लाख रुपैयाँ मागे । जैनले तुरुन्तै मागे बमोजिमको रकम दिए । रकम लिएपछि उनी बेपत्ता भइन् । आफू ठगिएको भेउ उनले बल्ल पाए ।
मनसुन पुग्यो पश्चिम
पूर्वबाट चार दिनअघि नेपाल प्रवेश गरेको मनसुन पश्चिम क्षेत्रसम्म फैलिएको छ । देशका पश्चिम क्षेत्रमा आइतबार बेलुका तिरै मनसुन पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब बिस्तारै मनसुनी गतिविधि बढ्दै जाने जनाइएको छ ।
मौसमविदका अनुसार सोमबार देशभरकै मौसम आंशिकदेखि समान्यत बदली हुनेछ । आइतबारको तुलनामा केही कम रहे पनि देशभरको मौसम बदली हुने देखिएको मौसमविद मीनकुमार अर्यालले बताएका छन् ।
पूर्व र पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ । यस्तै काठमाडौँ उपत्यकासहित मध्य क्षेत्रका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसमविद अर्यालले बताए । बिहान खुलेको जस्तो देखिए पनि मौसम बदली हुनेछ ।
प्रतिक्रिया