मेघ गर्जन र हावाहुरी सहित देशका धेरै स्थानमा पानी पर्ने सम्भावना

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
मेघ गर्जन र हावाहुरी सहित देशका धेरै स्थानमा पानी पर्ने सम्भावना

सारांश

  • मंगलबार बिहानैदेखि देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ ।
  • सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
  • महाशाखाका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ ।

मंगलबार बिहानैदेखि देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको छ । सोमबार भित्रिएको पश्चिमी वायुसँग स्थानीय वायु मिसिएकोले सोमबार रातिदेखि नै धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार राति पश्चिममा मेघगर्जन र हावाहुरीसहित पानी पारेको प्रणाली अहिले मध्य क्षेत्रमा आइपुगेको छ । यसकै असरले काठमाण्डौसहित मध्य र पश्चिमका धेरै ठाउँमा पानी परिरहेको महाशाखाले जनाएको छ । यो प्रणाली पूर्वतिर सरिरहेका कारणले मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना देखिएको छ । कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्नेछ । तर ठूलो पानी पर्ने संभावना भने नरहेको महाशाखाको अनुमान छ । प्रिमनसुनको समयमा पानी पर्दा चट्याङ पनि पर्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?