प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लाग्याे !

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २५, २०७५
|
|
५६ पटक हेरिएको
Shares
 प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लाग्याे !

सारांश

  • कैलाली, २५ भदाै।
  •  प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लागेको छ ।
  • प्रदशेको राजदानी र नामाकरण टुङ्गो लगाउन गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ।

कैलाली, २५ भदाै। प्रदेश नम्बर ७ को नाम र राजधानी टुङ्गो लागेको छ । प्रदशेको राजदानी र नामाकरण टुङ्गो लगाउन गठित विशेष समितिले प्रतिवेदन पेस गरेको छ।  समितिले प्रदेशको नाम  ‘खप्तड’ र प्रदेशको स्थायी राजधानी कैलालीको ‘गोदावरी’ सिफारिस गरेको बताइएको छ ।

समितिका संयोजक तारा लामा तामाङ सहित सदस्यहरुले संयूक्त रुपमा प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई कार्यकक्षमै गएर प्रतिवेदन पेस गरेका हुन्। समितिले विकल्पसहित नाम सुझाएको छ।

प्रतिवेदन बुझ्दै प्रदेशका सभामुख थापाले भने ,‘जति सक्यो चाडो प्रदेश सभा बैठकमा यो विषयलाइ प्रवेश गराउने छु।’ उनले समितिले बुझाएको प्रतिवेदनलाई लम्ब्याउने सोचमा आफू नरहेको बताए । ‘यसलाई अनिर्णयको बन्दी नबनाउने बताएका सभामुख थापाका अनुशार यसले चाँडै प्रदेश सभा बैठकमा प्रवेश पाउँछ।’

उनले प्रतिवेदन अध्ययन गरेर प्रदेशका सबै सांसदहरुलाई सहमतिमा ल्याएर सर्वसम्मत ढंगले पास गराउन पहल गरिने बताए ।‘हामीले सभामुखलाई प्रतिवेदन बुझाएका छौं’ समितिका संयोजक तारा लामा तामाङले भने, ‘सभामुखबाट नै कुन दिन संसदमा पेस गर्ने भन्ने निर्णय हुन्छ ।’ उनले समितिले सर्वसम्मत ढंगले स्विकार गर्न सक्ने गरि प्रतिवेदन तयार पारेको बताए ।

प्रदेशको नाम र राजधानीबारे के उल्लेख गर्नुभएको छ भन्ने जिज्ञासामा संयोजक तामाङले भने  ‘त्यस विषयमा सभामुखज्यूले बोल्नु हुन्छ । हामीले यस क्षेत्रको नाम र राजधानी यस क्षेत्रका नागरिकले गौरव गर्ने गरि सिफारिस गरेका छौंं।’ उनले भने ‘ प्रदेश राजधानी यस क्षेत्रका सबै जनतालाई पायक पर्ने स्थानमा सिफारिस गरिएको छ ।’

जति सक्यो सर्वसम्मत ढंगले पास हुने गरि प्रतिवेदन तयार पारेको उनको भनाई छ। ‘प्रदेशका सबै प्रतिनिधी तथा सांसदहरुसंग भेट गरेर छलफल गरि यस विषयको टुङ्गो लगाउन सकिन्छ कि भनेर सात दिनको म्याद सभामुखले तोक्नु भएको थियो’ तामाङले भने ‘तर, सात दिनमात्र होईन अाज सम्म् पनि प्रदेश सभाका दुई जना सांसदसँग छलफल गर्न सकेको छैन् ।’ उनले प्रतिवेदन तयार गर्न समय अभाव भएको उल्लेख नगरेपनि केही सांसदहरुसंग छलफल गर्न नपाएको बताए।

समितिले प्रदेश सभाका दुई सांसद, प्रदेशका शिर्ष नेता शेरबहादुर देउवाबाहेक प्रदेश तथा प्रतिनिधी सभाका सबै सांसद तथा नेतासंग छलफल गरेको थियो।  यस क्षेत्रका स्थानीय जनप्रतिनिधीहरुले बुझाएको ज्ञापनपत्र लगायतलाई आधार मानेर प्रतिवेदन तयार पारेको तामाङले बताए ।प्रदेशको नामबारे धेरै विवाद नभएपनि राजधानी कहाँ राख्ने भन्ने विषयमा भने दलहरू नै आन्तरिक रूपमै विभाजित छन्।

प्रदेशको संख्या र सीमांकन भएदेखि नै राजधानीबारे विभिन्न जिल्ला र पक्षबीच गम्भीर मतभेद छ । साविक सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल मै प्रदेशको राजधानी पनि हुनुपर्ने मागसहित डोटीबासीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । हाल अस्थायी राजधानी रहेको धनगढीमा नै स्थायी राजधानी रहने सम्भावना निकै प्रवल रहेको देखिन्छ । त्यस्तै, नेकपाका केही नेता (खासगरी पूर्व माओवादी केन्द्रका केही नेता) अत्तरियामा राजधानी राख्नुपर्नेमा जोड दिएका छन्।  समितिले प्रदेशको नाममा ‘खप्तड’ लाई प्राथमिकतामा राखी  सेतीकाली वा सेतीमहाकालीलाई समेत विकल्पमा राखेको स्रोत बताउँछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?