प्रधानमन्त्रीको सल्लाहमा चीन जाँदै प्रदेश ५ का मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १६, २०७६
|
|
४० पटक हेरिएको
Shares

सारांश

  • प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन जाँदै छन्।
  • चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्रा्ष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्।
  • प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सल्लाह गरे उनी चिन लागेको लागेको बताइएको छ ।

प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेल सोमबार चीन जाँदै छन्। चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति अन्तर्रा्ष्ट्रिय विभागको निमन्त्रणमा मुख्यमन्त्री पोखरेल चीन जान लागेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगै सल्लाह गरे उनी चिन लागेको लागेको बताइएको छ । मुख्यमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।

मुख्यमन्त्री पोखरेलको साथमा नेकपा संसदीय दलका सचेतक पार्वती थापा, प्रदेशसभा सदस्य हरि रिजाल, नगरप्रमुख नरुलाल चौधरी र धननारायण श्रेष्ठ, मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसी र किरण गौतम भ्रमणमा सहभागी हुनेछन्।  गत जेठ २० गते बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मुख्यमन्त्री पोखरेलको भ्रमण स्वीकृत गरेको थियो।

टोली असार २५ गते स्वदेश फर्कने मुख्यमन्त्रीका प्रेस सल्लाहकार केसीले जानकारी दिए। मुख्यमन्त्री पोखरेलले चीन भ्रमणका क्रममा गरिबी निवारण तथा विकास सम्बन्धि कार्यक्रममा सहभागिता जनाउने छन्। भ्रमणबाट नेपाल र चीनका सहरबीच भगिनी सम्बन्ध स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?