दिनभर कुरेपछि बेलुकी वैठक स्थगित, कांग्रेसमा गुटको राजनीति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं – नेपाली कांग्रेसभित्र गुट उपगुटको राजनीतिका कारण बैठक स्थगित हुने चलन कुनै नौलो होइन ।
  • बिहिबार बस्ने भनिएको वैठक गुट विवादका कारण बस्दै नबसी स्थगित भएको छ ।
  • गुटगुटका नेताका कुरा नमिल्दा वैठकका लागि दिनभर कुरेर बस्ने केन्द्रीय पदाधिकारी अलमल परेका छन् ।

काठमाडौं – नेपाली कांग्रेसभित्र गुट उपगुटको राजनीतिका कारण बैठक स्थगित हुने चलन कुनै नौलो होइन । बिहिबार बस्ने भनिएको वैठक गुट विवादका कारण बस्दै नबसी स्थगित भएको छ । गुटगुटका नेताका कुरा नमिल्दा वैठकका लागि दिनभर कुरेर बस्ने केन्द्रीय पदाधिकारी अलमल परेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षबीच केन्द्रीय अनुशासन समिति संयोजकको विषयमा विवाद भएपछि केन्द्रीय समितिको बैठक नबसी स्थगित भएको हो ।
दुवै पक्षले समिति संयोजक दाबी छोडेनन् । दुवैले संयोजकको दाबी गरेपछि अनुशासन र कार्यसम्पादन समिति गठनका लागि सानेपामा दिउसो २ बजे बोलाइएको बैठक साँझ साढे छ बजे स्थगित भएको थियो ।

दुवै पक्षले आफ्नो अडान नछाडी बैठक स्थगित गर्नुपरेको थियो । ‘भोकप्यास नभनी बैठक होला भन्दै केन्द्रीय कार्यसमितिका सदस्यले छ घन्टा गुजारेको बताए । तर बैठक सुरु नै नभई स्थगित भयो ।

सहमतिका लागि सभापति देउवा, नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसीबीच पटकपटक छलफल भएको थियो।

दुवै पक्षले संयोजकको दाबी नछोडेपछि सहमति हुन सकेन । सभापति देउवा र निकटले अनुशासन र कार्यसम्पादन समिति तत्काल गठन गर्ने र अन्य सहमति र विभाग बनाउँदै जाने प्रस्ताव गरेका थिए। केहीदिन अघि पार्टी सभापति देउवा निवासमा बसको पदाधिकारी बैठकमै भएको सहमति उल्लंघन गरेर पौडेल पक्षले नयाँनयाँ सर्तअघि सारेको आरोप लगाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्रिकेट ग्राउण्ड नजिकै रगताम्मे शव भेटिएपछि…
क्रिकेट ग्राउण्ड नजिकै रगताम्मे शव भेटिएपछि…
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ऊर्जामन्त्री पुनले ल्याए २२ वर्षे प्रसारण लाइन विकास गुरुयोजना
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई ३ हजार मतले अगाडि
ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई ३ हजार मतले अगाडि
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
लुम्बिनी सरकारको प्रगति समीक्षा : योजना कार्यान्वयनमा केन्द्रित हुन निर्देशन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
संसदीय सुनुवाई समितिद्वारा प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
विश्वकप फुटबल २०१८: मेस्सीले कप्तानको आर्मब्याण्ड उतार्दै गर्दा उदायका १९ वर्षीय युवा स्टार
कहिले बन्छ चाबहिलवासीको सडक ?
कहिले बन्छ चाबहिलवासीको सडक ?
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
उत्तर कोरियाबाट अझै पनि खतरा छः जापान
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
सरकारसँग भएको सहमति कार्यान्वयन गर्न थाल्यौँः चितवन मेडिकल कलेज
Akshay Kumar & Mouni Roy’s chemistry in Gold’s song ‘Naino Ne Baandhi’ is impressive!
Akshay Kumar & Mouni Roy’s chemistry in Gold’s song ‘Naino Ne Baandhi’ is impressive!

तपाईंले छुटाउनुभयो कि?